काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ ।
निषेधाज्ञाको समयमा रिसोर्टमा भीडभाड बढेको भन्ने सूचना आएपछि सोबारे जानकारी लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
‘रिसोर्टमा भीडभाड भएको छ भन्ने गुनासो आयो । रिसोर्ट प्रशासनसँग सम्पर्क गरेर यथार्थ के हो भन्नेबारे जानकारी लिएका हौं,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पालना गरिएको र क्वारेन्टिनका लागि अनुमति लिएको जवाफ रिसोर्ट प्रशासनले दिएको छ ।’
रिसोर्टमा सोमबारदेखि नै नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि निवेदन दिएका माधवकुमार नेपाल समूहका नेताहरु बसेका छन् । बुधबार बिहानसम्म नेपाल समूहका नेताहरु सोही रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय