रुकुम पूर्व : रुकुम पूर्वमा ४ वर्षीया बालिकाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । भूमे गाउँपालिका–३ मोराबाङकी बालिका प्रिया कुँवरको हत्या आरोपमा सोही ठाउँका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
हत्या गरेको आरोपमा ३२ वर्षीय गौतम कुँवर र एक नाबालकलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिए।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। अदालतबाट म्याद थपेर उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ४ वर्षीया प्रिया आइतबार राति ८ बजे घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेकी थिइन्।
डिएसपी श्रेष्ठ सहितको टोली घटनास्थल मोराबाङ पुगेर स्थलगत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय