काठमाडौँ। इजरायल (केयर गिभरमा) जान आवेदन दिएका नेपाली कामदारले भदौ २८ गते परीक्षा दिन पाउने भएका छन् । काठमाडौँ उपत्यकाको विभिन्‍न परीक्षा केन्द्रहरूमा १ बजेदेखि अंग्रेजी भाषाको परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
आवेदन स्वीकृत भएका परीक्षार्थीहरूको परीक्षा केन्द्र अनलाइनमार्फत जानकारी हुने र प्रवेश पत्र साथमा लिइ परीक्षा केन्द्र जानुपर्ने विभागले जानकारी दिएको छ । यसअघि इजरायल जान साउन ४ देखि ३२ गतेसम्म आवेदन दिने समय तोकिएको थियो ।
इजरायललाई नेपालीका लागि आकर्षक रोजगार गन्तव्य मुलुक मानिन्छ । एक हजार कामदारको माग आएको छ । ७० प्रतिशत महिला र ३० पुरुषलाई लाने गरि  इजरायलबाट माग आएको छ । कामदारले मासिक डेढ लाख रुपैयाँ बढी तलब पाउनेछन् ।
गत वर्षको असोजमा इजरायल र नेपाल सरकारको बिचमा केयर गिभरमा नेपाली कामदार लाने गरी सम्झौता भएको थियो । ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लान पाउने गरी सम्झौता गरिएको थियो । सरकारले साउन ११ गतेदेखि कामदारका लागि विज्ञापन खुलाएको थियो र केही दिन अघि मात्र आवेदन भर्ने समय सकिएको थियो । पाँच वर्षको करार अवधि र सुरुमा एक वर्षको मात्र हुनेछ । ६ दिन काम र सातामा ४२ घण्टा काम गर्नुपर्नेछ । इजरायली कानुनअनुसार वार्षिक बिदा पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय