ईलाका प्रहरी कार्यालय निजगढले विभिन्न मितिमा नगरका विभिन्न स्थानबाट बरामद गरेको घरेलु मदिरा नष्ट गरेको छ । निजगढको रतनपुरी र सिगौल क्षेत्रबाट सवारी साधनमा राखेर जिल्लाको जितपुर, सिमरा पथलैया र वीरगन्जतर्फ लैजाद गरेको अवस्थामा बरामद भएको करिव ४ सय ५ लिटर मदिर प्रहरीले स्थानीय जनप्रतिधि र संचारकर्मीको रोहबरमा पोखेर नष्ट पारेको हो ।
प्रहरीले इलका प्रहरी कार्यालय पछाडि खाली स्थानमा खाल्टो खनेर मदिरा नष्ट पारेको हो । सो क्रममा निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुदर्शन बडाल र स्थानीय संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

अवैध घरेलु मदिरा उत्पादन र सेवक कार्यलाई निरुत्साहित पार्ने उद्देश्यले नियन्त्रणमा लिएर नष्ट पारिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय