‘मिसेस नेपाल ग्ल्याम २०२१’को ताज काठमाडौं चावहिलकी उर्मिला कार्कीको पोल्टामा गएकोे छ । दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले मुख्य उपाधिसहित मिसेस ट्यालेन्ट, मिसेस पुपुलर, भिवर्स च्वाइस, बेष्ट हेयर उपाधि समेत हात पारिन् । विजेता उर्मिलाले सिंगापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेशलन २०२१’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा ललितपुरको बालकुमारी स्थित म्युजिक सिटी हलमा आयोेजना भएको प्रतियोगीतामा फस्ट रनरअपको उपाधि रमिता यादब र सेकेन्ड रनरअपको उपाधि सरिता श्रेष्ठले जितेका छ । विजेतालाई पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी, नायक धिरेन शाक्य, आयोजक संस्थाकी अध्यक्ष एवम् अधिवक्ता प्रीति कार्की लगायतले उपाधि र प्रमाणपत्र प्रदान गरेका थिए ।
यो कार्यक्रममा चलचित्र निर्देशका उमेश गुरुङलाई राष्ट्रिय निर्देशक सम्मान, पेजेन्ट निर्देशक नीशुकान्त झालाई राष्ट्रिय पेजेन्ट निर्देशक सम्मान, मेकअप आर्टिस विना राना मगरलाई राष्ट्रिय मेकअप आर्टिस सम्मान र गीतकार डब्बु क्षेत्रीलाई राष्ट्रिय गीतकार सम्मान, फेसन डिजाइनर दिलमाया मगरलाई राष्ट्रिय फेसन डिजाइनर सम्मानबाट सम्मानित गरिएको थियो ।
महिलाहरुमा आत्मविश्वास बढाउँदै उनीहरुको व्यक्तित्व विकाश सहित नेपालको प्रतिनिधित्व अन्तराष्ट्रिय क्षेत्रमा बढाउन कार्यक्रमले सहयोग पुग्ने कार्यक्रम संयोजक आकाश गिरीले जानकारी दिए । यो प्रतियोेगीताकोे तेश्रो संकरण हो ।
ADVERTISEMENT