बोलेरोको ठक्करबाट तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ जिल्ला घर भई हाल भानुनगरपालिका–१ निवासी ३४ वर्षीय सुनिल सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ साठीमुरे भन्ने स्थानमा बुधबार साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
दमौलीबाट थर्पुतर्फ जाँदै गरेको ग ३ च २४४३ नंको बोलेरोले विपरीत दिशामा गुडिरहेको बा६५प ४६६० नंको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक सार्की सख्त घाइते भएका थिए ।
ADVERTISEMENT