काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य घुससहित पक्राउ परेका छन्। कंलकी-१४ बाट वडा सदस्य वसन्त महर्जनलाई दुई लाख लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धानको टोलीले नियन्त्रण लिएको हो।
स्टिङ अपरेसनको क्रममा कंलकी खसीबजारस्थित तन्दुरी रेष्टुरेन्टबाट घुससहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
वडा सदस्य महर्जनले मैतीदेवीको जग्गा नामसारी र नाता प्रमाणित गरिदिने भन्दै उनले सेवाग्राहीसँग दुई लाख रकम मागेका थिए।
उनीमाथि थप अनुसन्धान गर्न अख्तियारको कार्यालय टंगालमा लगिएको बताइएको छ।
ADVERTISEMENT