सिमरा, ३ असोजः संविधान दिवसको अवसर पारेर बाराको सिमरा चोकमा दीप प्रज्वलन गरिएको छ । नेकपा एमाले निकट जनबर्गिय संगठनहरु अनेरास्वबियु र राष्ट्रिय युवा संघको संयुक्त आयोजनामा तथा नेपाली काँग्रेसको नेता कार्यकर्ताहरूको आयोजनामा छुट्टाछुट्टै दीप प्रज्वलन गरी संविधान दिवस मनाएका छन् ।
दीप प्रज्वलनमा नेकपा एमाले नेताहरु भोला अधिकारी,ताराबहादुर कार्की,कमला घिमिरे , निर्मला बस्नेत ,उद्धव गौतम, रवीन्द्र खकुरेल,आरिफ हुसेन, जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ का वडा सदस्य एवम युवा नेता धनबहादुर श्रेष्ठ, राजेन्द्र गौतम, राजु गौतम, रत्न उप्रेती, ईश्वर थपलिया, बिद्यार्थी नेताहरु राजाकुमार न्यौपाने,निर्जल घिमिरे, ईश्वर बस्नेत,शुशान्त शाह, अतिश श्रेष्ठ , बिज्ञान चापागाइ ,सरोज खनाल, बिपिन न्यौपाने,सन्तोष दाहाल , समिर लुईटेल , अरुण तमाङ ,सुबाश धिताल लगायतको नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै नेपाली काँग्रेसले पनि आज सिमरा चोकमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएको छ ।
दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति श्यामबाबु गुप्ता, मेयरका प्रत्यासी कृष्णव्रत सिंह, नेपाल महिला सँघकी केन्द्रीय सदस्य नारायणी रायमाझी, नगर सचिव सुसिल ढोडारी, नेपाल पत्रकार महासँघका अध्यक्ष रेशम तिवारी, पूर्व नगर सभापति छविलाल शर्मा, वडा नं १ का वडा सभापति रामबहादुर अधिकारी, वडा नं २ का वडा सभापति दीपक शर्मा, सचिव सन्तोस कार्की, काँग्रेस नेतृ गीता शर्मा, युवा नेताहरू विनोद मण्डल, नवीन बराल, ठगइ ठाकुर, सुरेन्द्र गुप्ता, इन्दु ढोडारी, रीता रिजाललगायतको उपस्थिति रहेको थियो ।