सिमरा, नेपाली घरेलु फुटबलको प्रतिष्ठित फुटबल प्रतियोगिता सहिद स्मारक ए डिभिजन लिग आउदो कार्तिक २९ गते गतेबाट सुरु हुँदैछ। गत बर्षको कोभीडका कारण सम्पन्न हुन नसकेको प्रतियोगिता यसवर्ष भाद्रमै हुने भनीएता पनि पछि कार्तिकसम्म सारिएको थियो। कोभिड महामारी नसकिएको कारण देखाउँदै ए-डिभिजन लिगका केही क्लबहरुले भाद्रमा हुने प्रतियोगितालाई कार्तिकमा सार्नु पर्ने माग राखेपछि प्रतियोगिता सरेको हो। ४४औ सन्करणको सहिद स्मारक ए डिभिजन लिगमा यसपटक तीन विभागीय टोली सहित कुल १४ टोलीले सहभागिता जनाउनेछन्। सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने यसपटकको ए डिभिजन लिग झन्डै ४ महिनासम्म चल्ने एन्फाले जनाएको छ।लिग अवधिभर कुल ९१खेलहरु खेलाईनेछ।
सबै टोलिले एकअर्काबिच १-१पटक खेलिसकेपछी अन्तमा लिगको शिर्ष स्थानमा रहने टोलिले ४४औ सस्करणको ए-डिभिजन लिगको उपाधि उचाल्ने छ। उपाधी बिजेताले गत वर्षको भन्दा २५लाख बढी अर्थात ७५लाख बराबरको नगद पुरस्कार प्राप्त गर्नेछ। यस्तै दोस्रो र तेस्रो हुने क्लबले क्रमशः ५० लाख र २५ लाख नगद पुरस्कार पाउनेछन् । यता लिग अवधिभर प्रत्येक क्लबलाई तयारीका लागि २० लाख रुपैयाँ उपलब्ध गराइनेछ । लिगको अन्तमा भने पुछारमा रहेका दुई टोली सोझै ‘बी’ डिभिजनमा रेलिगेसन हुनेछन् । शुक्रबार एक कार्यक्रमका बिच ४४औ सस्करणको शहीद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक गरिएको छ । लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपन्डोल र सातदोवाटो युथ क्लब आमने सामने हुने छन् । दशरथ रंगशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा साझ ५बजेबाट खेलाईने भएको छ । ‘बी’ डिभिजन लिगको च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटोले पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको हो भने फ्रेन्द्स क्ल्ब अघिल्ला सन्सकरणहरु खेल्दै आईरहेको टोलि हो। खुसीको कुरा त के छ भने लिगका सम्पुर्ण खेलहरुमा पूर्ण क्षमताको दर्शकलाई अनुमति दिईने भएको छ।यधपी एन्फाले लिगको टिकट मूल्य भने तोकेको छैन ।
उद्द्घाटनको भोलि पल्ट भने हिमालयन शेर्पा र संकटा क्लब आमने सामने हुदा सोही दिन थ्री स्टार र च्यासल युथ क्लब एकार्काभिच भिड्नेछन। यसपटको सहिद स्मारक ए डिभिजन लिगमा करिब ५ सिजन खेलिरहेको सरस्वती युथ क्लबले खेल्ने छैन। अघिल्लोपटकको ए डिभिजन लिगमा रेलिगेसनमापरेको सरस्वती युवा क्लबलाई सातदोबाटो युवा क्लबले यसपटकको ए डिभिजन लिगमा प्रतिस्थापन गर्नेछ।यता अघिल्लो सिजन पहिलो पटक ए डिभिजन लिगको उपाधी उचालेको डिफेन्डिङ च्यम्पियन मच्छिन्द्र क्लब भने यसपटक उपाधि रक्षाका लागि मैदानमा उत्रने छ।
यस्ता छन् यसपटकको ए डिभिजन लिग फुटबलमा सहभागी टोलीहरू: १.नेपाल एपीएफ क्लब – विभागीय २.ब्रिगेड बोइज क्लब ३.च्यासल युथ क्लब ४.फ्रेन्ड्स क्लब ५.हिमालयन शेर्पा क्लब ६.जावलाखेल युथ क्लब ७.मच्छिन्द्र एफसी ८.मनाङ मर्स्याङ्दी क्लब ९.नेपाल पुलिस क्लब – विभागीय १०.न्यु रोड टिम ११.संकटा बोइज स्पोर्ट्स क्लब १२.सातदोबाटो युवा क्लब १३.त्रिभुवन आर्मी एफ.सी. – विभागीय १४.थ्री स्टार क्लब