काठमाडौँ । यसवर्षको तिहारको भाइटीका आज लगाइँदैछ। दिदी बहिनीहरुले आफ्नो दाजुभाईको दिर्घायुको कामना गर्दै आज देश भर भाईटीका लगाइन्छ। टीका आज बिहान ११ बजेर २ मिनेटमा टीकाको शुभसाइत रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताएका छन् ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने जनाइएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २० गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।