सुशान्त राज भारती,कार्तिक २१। अष्ट्रेलियामा हुने सन् २०२२को आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकपका लागि १२ टिमले स्थान सुरक्षित गरेका छन् । आयोजक अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगालदेशले सुपर १२ मा प्रत्यक्षरुपमा स्थान सुरक्षित गरेका हुन ।
यता पहिलो चरणका लागि भने श्रीलंका, वेस्ट इन्डिज, स्कटल्यान्ड र नामिवियाले स्थान पक्का गरिसकेका छन् ।कुल ८ टोलिको सहभागिता रहने पहिलो चरणको खेलपछि चार टोलीले सुपर १२ मा स्थान बनाउनेछन् । पहिलो चरणका लागि थप चार टोलीहरु भने छनोट प्रतियोगिताबाट आउनेछन् ।
यी बाँकी चार टोलीका लागि सन् २०२२ को फेब्रुअरी र मे महिनामा विश्वव्यापी छनोट प्रतियोगिता हुनेछ ।
हाल युएईमा जारी विश्वकपको पहिलो राउन्ड खेलिसकेका चार टोलिहरु आयरल्यान्ड,नेदरल्यान्ड ,ओमन र पपुवागिनी सहित छनोट हुन नसकेका मध्य शिर्ष बरियताका ४ टोलिहरु नेपाल,युएई ,जिम्बाब्वे र सिङ्गापुरले ग्लोबल क्वालिफायरहरू खेल्नेछन्।बाकी ८ टोलिहरु भने रिजनल क्वालिफायरहरू बाट आउनेछन्।
कुल १६ टोलिको सहभागिता रहने ग्लोबल क्वालिफायरहरूमा प्रत्यक समुह अन्तर्गत ८ टोलि रहने गरि १६ टिमलाई समुह ए र बी मा बिभाजन गरिनेछ।
प्रत्यक ग्रुपमा एक टेस्ट रास्ट्र,३ ओडि मान्यता प्राप्त राष्ट्रहरु र अन्य ४ टी-२० बरियता प्राप्त टोलिहरु रहनेछन।
समूह ए अन्तर्गतका खेलहरु आगामी वर्षको फेब्रुअरीमा खेलाईनेछन भने समूह बीका खेलहरु मेई महिनामा हुनेछन।
सिङल राउण्ड रोबिनका आधारमा हुने छनोट प्रतियोगिताको अन्तमा प्रयक समुहका बिजेता र उपबिजेताले २०२२को टि-२० विश्वकप खेल्न पाउनेछन।
२०२२को टि २० विस्वकप खेल्ने हो भने नेपालले सर्वप्रथम त फेब्रुअरी वा मेईमा हुने ग्लोबल क्वालिफायरहरूमा आफ्नो समुहमा पहिलो वा दोस्रो स्थानमा रहदै प्रतियोगिता सक्नुपर्ने हुन्छ।त्यसो हुदा नेपाल सोझै विश्वकपको पहिलो पुग्नेछ।त्यहाबाट पनि समुहको पहिलो वा दोस्रो स्थानमा रहन सके नेपालले ईताहसमै पहिलो पटक विशवकपको सुपर १२मा आफ्नो स्थान सुरक्षइत गर्नेछ।