पर्सा, कार्तिक शुक्ल चर्तुथि तिथिबाट छठ पर्व विधि पूर्वक पूजा कार्यको शुभारम्भ हुन्छ। छठ पर्व नेपाल र भारतका हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।

नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्र र भारतको बिहार ,ऊत्तर प्रदेश ,बंगाल र अन्य केही स्थानहरूमा श्रध्दा एवं भक्तिपूर्वक यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

कार्तिक महिनाको शुक्लपक्षको षष्ठी तिथिका दिन छठ पर्व मनाउने गरिन्छ । चार दिन सम्म हुने छठ पर्व विधिपूर्वक पूजा गरे तथा ब्रत बसेमा कामना अनुसारको भाकल पूरा हुने विश्वास राखिन्छ ।
छठ व्रतमा शारीरिक र मानसिक दुबै रूपबाट शुद्ध हुनुपर्दछ । छठको व्रतका नियम निकै कडा एवम् कठिन हुने गर्दछ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजा सहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

अग्नि पुराणका अनुसार चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको महाभारतमा वर्णन गरिएको पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ ।
पौराणिक ग्रन्थहरूमा छठ पर्वको प्रामाणिक उल्लेख छ, जसमध्ये ब्रम्हवैवर्त पूराणको निम्न श्लोकलाई प्रमुख आधार मान्न सकिन्छ-
१) छठको पूर्वरुप (सूर्य उपासना) वेदमै पाइन्छ, तर छठी माताको प्राधान्य हुने गरी मनाइने वर्तमान छठको प्रारम्भ गुप्तकालतिर भएको जस्तो देखिन्छ ।
(२) नेपाल मण्डल (काठमाडौँ उपत्यका र वरपर) बाट सुरु भएको स्वस्थानी व्रतसँग यसको विकासलाई तुलना गर्न सकिन्छ । शास्त्रीय आधार पनि लिने, तर मुख्यतः लोक परम्पराबाट अनुप्रणीत । पुरानो समाजको जातीय अन्तरसम्बन्ध र अर्थतन्त्रको संयोजन पनि यसमा देखिन्छ ।

(३) छठ मुख्यतः भारतको बिहार र नेपालको तराइमा पर्ने मिथिलाञ्चल क्षेत्रको लोक पर्व हुँदै वरपरका अन्य समुदायमा विस्तार हुँदै गएको देखिन्छ । पहिचानको राजनीतिले यसको विस्तारमा ठूलो प्रभाव पारेको छ ।छठको महत्व क्रमश बढदै बढदैजादा नेपालको तराई भारतको बिहार हुदै हाल दक्षिण भारत लगायत संसारका विभिन्न देशहरूमा पनि हर्षोल्लासका साथ मनाऊन सुरू भै सकेको पाईन्छ ।

छठ पर्व मनाउने विधि

सूर्य पुजा गरि छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाउने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्ने गर्दछ्न, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालु भक्तहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिने गर्दछन। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छ्न , प्राय व्रतालु भक्तजन राती आत्मशुद्धीको लागि घातमा नै बास बस्दछन भने केही व्रतालु आफ्नो घर पनि जाने गर्दछन ।

कसरी गरिन्छ त छठ पर्वको विसर्जन

षष्ठीको भोलिपल्ट ब्रमानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएर छठ पर्व समापन गर्ने गर्दछन र प्रसाद आफ्ना परिवार छरछिमेक आफन्तजनमा बाध्ने गरिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवाहरु रहने गर्दछन । शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा जस्ता परिकारको विशेष महत्व रहने गर्दछ । छठ माताको पूज पश्चात् भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास रहने गरेको पाइन्छ । यो व्रत गर्नाले चर्मरोग जस्ता रोगहरु पनु निको हुने विश्वास रहदै आएको छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार यो व्रतको महत्त्व आज पनि त्यत्तिकै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय