बारा जिल्ला दुग्ध उत्पादक संघले आज जिल्ला प्रशासन कार्यालय बारालाई ज्ञापन पत्र बुझाएको छ ।

आईतवार बारा जिल्ला दुग्ध उत्पादक संघका अध्यक्ष पुरुषोत्तम भट्टराईले बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् ।

भारतबाट अवैध रुपमा दुध तथा दुग्ध जन्य पदार्थ आयात हुने भएकोले सो स्वास्थ्यका लागि गुणस्तरीय जाँच नभई आयात हुने भएकोले नेपालीहरुको स्वास्थ्य माथि नै खेलवाड भएकोले त्यसलाई तत्काल बन्द गर्ने माग सहित प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् ।

यस्तै ज्ञापन पत्रमा, ‘भारतीय मोटरसाइकलबाट नेपाली बजारमा अवैध रुपमा विक्रि वितरण गरेको, मापदण्ड पुरा गरी गुणस्तरीय र बैधानिक रुपमा दुग्ध पदार्थ विक्रि वितरण गर्ने व्यवसायीलाई मर्का परेको र स्थानियहरुले उत्पादन गरेको दुधले बजार नपाएको’ भन्दै प्रशासनमा ज्ञापन पत्र बुझाएका हुन् ।

यस्तो छ माग पत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय