
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २० स्थित कंचनपुर, बसडिलवामा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन बिहिवार गरिएको छ ।
मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले पानसमा दिप बाली र शिला लेखको व्यानर उघारेर भवनको उद्घाटन गरेका हुन् ।
सो अवसरमा सांसद चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र पछि धेरै उत्तरचढावका बाबजुद स्थानीय तहको स्थापना पछि बनेको वडा कार्यालय भवनबाट अब जनताले सहज रुपमा सम्पूर्ण सेवा लिन पाउने भन्दै खुसी व्यक्त गरे । संघीयतामा सबैको अस्थित्व र पहिचानलाई स्थायित्वको लागि स्थानीय तह अपरिहार्य रहेको बताउँदै उनले जनताको अवस्था परिवर्तन गर्न स्थानीय निकायको भूमीका महत्वपूर्ण रहेको उल्लेख गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख भोला प्रसाद अधिकारीले वडा कार्यालयले आफ्नै वडा कार्यालयको निजी भवनवाट जनताहरुलाई सेवा दिन पाउँने अवसर प्राप्त भएको हुँदा खुसी व्यक्त गर्नुभयो । उनले वडा कार्यालयका जनप्रतिनिधिहरु कार्यालय समयमै उपस्थित भएर जनताहरुलाई सौहर्दपूर्ण वातावरणमा मुस्कान सहितको सेवा प्रदान गर्न अनुरोध गरे ।
करिब ७६ लाखमा सो भवन निर्माण गरेको वडाध्यक्ष रसुल मियाँले बताए । सो अवसरमा ७ वर्ष बित्न लागको कार्यकालमा वडाको आफ्नै भवन निर्माण भई उद्घाटन समेत गरिएकोमा वडाध्यक्ष मियाँले खुशी व्यक्त गरे । उनले आफूले वडावासीलाई आफ्नो बलबुताले भ्याएसम्म सेवा दिएको दाबी गरे । उनले वडा कार्यालयलाई पूर्वाधार र प्रविधि मैत्री बनाउन वडाले हर तरहले कोशिश गरेको बताए । आफ्नै भवनमा वडा कार्यालय सञ्चानल भएपछि वडावासीले राम्रो सेवा पाउने उनले बताए ।
वडाध्यक्ष रसुल मियाँको अध्यक्षता र संञ्चारकर्मी सुप्रिया ढकालको सञ्चालनमा भएको कार्यक्रममा कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारि, प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद लगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमा वडा सचिव हरिकिशोर साह, वडा सदस्य, वडा नम्बर १२ को वडाध्यक्ष श्यामबाबु खाँ, वडा नम्बर १३ को वडाध्यक्ष हेमनारायण चौधरी लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय बालबालिका तथा महिलाहरुको नृत्यु समेत प्रस्तुत गरिएको थिए ।