आगामी माघ १० गतेदेखि १७ गते सम्म पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्र नयाँबजार पोखरामा ३३ औं राष्ट्रिय औद्योगित व्यापार मेला एवं आई.टी महोत्सव–२०८१, पोखरा हुदैँ छ ।

महोत्सवको तयारीमा जुटेका वाणिज्य संघका पदाधिकारी हाल देश दैडाहामा छन ।

यही क्रममा बागमती प्रदेश हुदैँ उनीहरु गत शनिबार मधेस प्रदेशको बारा जिल्लामा आएका थिए । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा उनीहरुलाई जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले स्वागत गरे ।

पोखरा वाणिज्य संघबाट आएका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, निवर्तमान अध्यक्ष पवन कुमार प्रजापती, वाणिज्य उपाध्यक्ष बलराम आचार्य, आर्थिक व्यवस्थापन अपसमितिका कोषाध्यक्ष मनोज कुमार श्रेष्ठको टोलीले यस पटकको पोखरा महोत्सवले राष्ट्र जोड्ने गरी आफुहरु लागी परेको जानकारी दिए ।

पोखराका टोलीले यस पटक देश तथा विदेशमा सूचना सञ्चार तथा प्रविधिको प्रयोग र पहुँचलाई अझै सवलिकरण गर्न निजी क्षेत्रको भूमिका मध्यनजर गर्दै विभिन्न आइसिटी क्षेत्रका प्रतिष्ठित संस्थाहरूको सहकार्यमा गर्न लागिएको मेलाले थप आकर्षण र बृहत् विकासमा टेवा पुग्ने अपेक्षा लिएका छौं । सूचना प्रविधिको अग्रणी संस्था क्यान कास्की, सिएसआई.टी सँगको सहकार्यले मेलालाई प्रविधिमैत्री, युवा पुस्ताको सक्रिय सहभागिता र प्रतिनिधित्व हुने अपेक्षा राखेका बताए ।

समग्र राष्ट्रको औद्योगिक तथा व्यावसायिक प्रवद्र्धनका लागि यस्ता मेला महोत्सवहरू कोशेढुङ्गा सावित भएको धेरै उदाहरण भएका कारण जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष लामिछाने सहित निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठलगाएतले पोखराको टोलीलाई मधेस प्रदेशका बिभिन्न जिल्लामा रहेका वाणिज्य संघका अध्यक्ष, प्रदेश वाणिज्य संघका अध्यक्ष तथा मुख्यमन्त्री सम्मलाई भेटाउने काममा सक्रिय रहे ।

अतः मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले समेत यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरूले निरन्तरता प्राप्त गर्न सकेको खण्डमा स्वदेशी उद्योग व्यवसायले हालको प्रतिस्पर्धात्मक बजारमा आफ्नो स्थान सुरक्षित राख्न थप सहयोग पुग्ने अपेक्षाका साथ पोखरा उद्योग वाणिज्य संघले आयोजनामा हुने औद्योगिक व्यापार मेला एवं आईटि महोत्सवमा कसरी मधेस प्रदेशलाई प्रतिनिधित्व गर्न सकिन्छ यसको मोडालिटिको अध्ययन गर्न जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष लामिछानेको नेतृत्वलाई आग्रह गरे । लामिछाने नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात मधेस प्रदेशका सभापति हुन भने उनी बिगत एक दशक देखी मधेस प्रदेशमा पर्यटनका निम्ती समेत कार्य गर्दै आएका कारण यसको जिम्मा मुख्यमन्त्रीले लामिछानेलाई दिएका हुन ।

मधेस प्रदेशका मुख्यमन्त्री सिंहसंगको सम्बाद पछि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भने,‘मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारले यसपटक सक्रिय सहभागिता र प्रतिनिधित्व हुने हामीले अपेक्षा राखेका छौं ।’ उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले मधेस प्रदेशमा कृषिमा लगानी गर्न गण्डकी प्रदेशका रहेका उद्योगी तयार रहेको बताए । मधेसमा उत्पादन हुने कृषि सामाग्री किसानबाट सिधै गण्डकी प्रदेशसम्म पुर्याउने वातावरण बिकाशमा दुबै प्रदेश सरकारसंग सहकार्य गर्न वाषिज्य संघ तयार रहेको बताए ।

यता जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष लामिछाने भने,‘स्वदेशी उद्योग, व्यवसायको सम्वद्र्धन एवं प्रवद्र्धन उद्यमशिलताको विकास, रोजगारी बृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, पर्यटकीय गन्तब्यको पहिचान गरी राष्ट्रिय अर्थतन्त्रलाई सवल बनाउन निजी क्षेत्रले गरेका यस्ता कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनु दायित्व सम्पूर्ण उद्यमी व्यवसायीहरूको रहेको बताए ।’ उनले महोत्सवबाहेका पनि मधेसका बिभिन्न विमानस्थलबाट सिधै पोखरा उडान गरी मधेसलाई पोखरा र पोखरामा आएका आन्तरिक तथा विदेशी पर्यटकलाई मधेस भित्राउने गरी पर्यटनमा काम गर्न पोखरा उद्योग वाषिज्य संघलाई आग्रह गरे ।

हाल देखा परेको विश्व आर्थिक मन्दीका कारण थला परेको आर्थिक गतिविधि चलायमान बनाएर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन एवं उद्योग व्यवसायको प्रवद्र्धन गर्नका लागि यस बर्षको महोत्सवले विशेष योगदान पुर्याउने आयोजकले अपेक्षा गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय