वीरगञ्ज, पेट्रोलियम पदार्थमा मुल्री वृद्धि भएसगै मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै वीरगञ्जमा प्रदर्शन भएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले खाद्य पदार्थ तथा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा गरि प्रदर्शन गरेका हुन । अनेरास्ववियु पर्साका संयोजक रेयाज अन्सारी नेतृत्वमा रहेको समूहले वीरगञ्जको घन्टाघरबाट शुरु गरेको विरोध प्रदर्शन माइस्थान, आदर्शनगर, ग्रिनसिटी, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएको सभा गरि समापन भएको थियोे । अनेरास्ववियुका विद्यार्थी नेताहरूले मूल्य वृद्धिविरुद्ध प्रदर्शन गर्दै ‘प्रधानमन्त्री देउवा मुर्दावाद’, ‘नाफाघाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ,’ ’जनतामारा सरकार मुर्दावाद’ लगायतका नारा लगाएका थिए , यसैगरी मुल्य वृद्धि न्यून गर्न नलागेमा नेपाल सरकारको विरुद्धमा एकजुट भएर नेपाली जनता सरकार ढाल्न सफल हुने जानकारी दिएको छ । सभालाई सम्बोधन गर्दै अनेरास्वविययुका केन्द्रीय सदस्य हेमन्त तामाङले नेपालमा इतिहासकै वर्तमान सरकार सबैभन्दा खराव सरकारको रुपमा रहेको आरोप लगाएका थिए । आफ्नै जनतालाई सुख र समृद्धि दिनुपर्नेमा उल्टै लुट्न र जनतालाई पिडा दिन मात्रै वर्तमान सरकार केन्द्रित रहेको तामाङले बताएका छन् । सभालाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका सचिव एवं पुर्व विद्यार्थी नेता रामकिशोर सिँह (पराग) ले जनतालाई मार्ने र सास्ती दिने काम तत्काल नरोके र पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता नभए चरण बद्ध रुपमा सरकार विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
प्रदर्शनमा अनेरास्ववियुका केन्द्रीय सदस्य हेम्न्त तामाङ्ग , मेराजुल हवारी, अकलेश साह, नेताहरु जावेद हवारी, विकेश यादव, जेयाद अन्सारी, ठाकुरराम बहुमुखी क्याम्पस कमिटीका संयोजक आसिफ अहमद, अखिलका राष्ट्रिय परिषद् सदस्य विकास यादव, विद्यार्थी नेता भक्ति अग्रवाल, नितेश वर्णवाल, अनिकेत श्रीवास्तव, पुकार सुवेदि, तुफैर अंसारी, सुजित मण्डल लगायतको उपस्थिति आज र्याली सम्पन्न भएको थियो ।