१ मंसिर, काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार (नेप्से) १६ दशमलव ९५ अकंले बढेर समग्र परिसूचक २८०१ दशमलव ५२ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ३ दशमलब ९८ अकंले बढेर ५२५ दशमलब ४४ बिन्दुमा पुगेको छ ।
कारोबार रकमको आधारमा नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, एशियन लाईफ इन्स्योरेन्स, नेशनल हाईड्रोपावर, गरिमा विकास बैंक, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, महालक्ष्मी विकास बैंक, हिमाल दोलखा हाईड्रोपावर, नेपाल बङ्गलादेश बैंक, नेपाल टेलिकम लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज २ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज पञ्चकन्या माई हाईड्रोपावर र अपर तामाकोशीको हाईड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सबै भन्दा धेरै गुमाउनेमा बोटलर्स नेपाल, महालक्ष्मी विकास बैंक, गुराँस लाईफ इन्स्योरेन्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताहरु पगेका छन ।