काठमाडौ । हरिराम गौतम उदयमान युवाहरूको लागि एक उदाहरणीय नाम हो , जसले समाज र देशको लागि नेपालीको खुसीमा आफ्नो जीवन सुम्पिएर देश विकास गरि हरेक नेपालीको मुस्कान बनेर बस्ने उदेश्य बोकेर हिडेका छन् । आफू माली बनेर सुन्दर नेपालमा रहेका जनतालाई फुलाइ देशमा खुसीमय बनाउने उदेश्य बोकेका हरिराम मकवानपुर जिल्लाको भिमफेदी गाउपालिका ५ सुपिङ्गमा वि.सं २०४५ चैत २५ गते माता भगवती गौतम र पिता रामलाल गोतामेको कान्छो सुपुत्रको रुपमा जन्मेका हरिराम सानो उमेर देखि नै समाज सेवा गर्न , नयाँ नयाँ कुरा खोजी गर्न र हरेक दुखीका ओठमा मुस्कान कसरी ल्याउन सकिन्छ भनेर सोच्ने प्रवृतिका थिए ।
वि. सं २०५० सालमा महालक्ष्मी माध्यमिक विद्यालयबाट आफ्नो शैक्षिकयात्रालाई प्रारम्भ गरेका गौतम आफ्नो बुवा रामलाल काठमाडौ कै बासिन्दा भए पनि उनीलाई आफ्नो जन्मभुमि नै प्यारो लाग्ने गरेकाले प्राय उनी भिमफेदीमा नै रमाउने भएपछि उनको बाल्यकाल मकवानपुर जिल्लामा नै बितेको थियो । बिस्तारै उनको जीवनमा उमेर बढे सगै केही बन्ने सपना पनि बढ्न थाले , केही बन्नका लागि गाउँमा पर्याप्त शिक्षाको अभाव भएपछि उनमा पनि काठमाडौ जाने बिस्तारै सोचको विकास हुन थाल्यो ।
काठमाडौ गएर आफ्नो लक्ष्य पूरा गर्ने सपना हरिराममा पनि आउन थाल्यो , सपना देखे पश्चात् उनले काठमाडौ जाने निधो गरे , त्यस पछि कक्षा ८ पास गरि वि.सं. २०५९ सालमा काठमाडौको पकनाजोलमा रहेको श्री नेपाल युवक माध्यमिक विद्यालय बाट कक्षा ९ मा भर्ना भएर आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिए सगै २०६१ सालमा एस.एल.सी परीक्षा उतीर्ण गरेका थिए ।
उनको सपना हरेक नेपालीलाई खुसी बनाउनुको मुख्य कारण खोज्नमा केही समय वैदेशिक रोजगारीमा बिताए। त्यसपछि केही समय वैदेशिक रोजगारमा बिताएपछि त्यहा कमाएको रकमले नेपालमा नै रोजगारी सिर्जना गर्ने र देशको मुख्य समस्याको कारण बेरोजगारी रहेको पाएपछि हरिरामले वि.स. २०७३ सालमा काठमाडौको बालाजुमा होराइजन मल्टिपर्पोज एण्ड जब प्लेसमेन्ट र मण्डला बिर्यानी क्याफे होटेल सञ्चालन गरि रोजगारी अवसर प्रदान गरि उनले आफ्नो कार्यको सुरुवात गरे । जब सेन्टर सञ्चालन गर्नु अगाडि नै वि.स. २०७२ सालमा मकवानपुर नाम्टारका पार्वती पराजुली सग वैवाहिक जीवनमा बाधिएकाले उनमा देशको जिम्मेवारी मात्र नभएर काधमा पारिवारिक जिम्मेवारी पनि आएको थियो । वि.स.२०७६ सालमा फोहोर राजनीति चक्रब्युमा परि उनमा पनि क्यानडा गएर पैसा कमाउने सोच आयो र क्यानडाको तयारी गरिरहदा उनी के गर्दा उत्तम हुन्छ भनी गहिरिएर सोच्दा आफ्नो खुसी मारेर भए पनि देश विकास गरी आफ्नो कारण धेरै नेपालीको जीवन खुसीमय हुने भएपछि उनी वि.स. २०७४ मा राजनीतिमा प्रवेश गरेका हरिराम गौतम हाल शाही युवा शक्ति नेपालको मकवानपुर जिल्ला अध्यक्ष रहि देश विकासका लागि विदेश जाने सोच मारेर मकवानपुर जिल्लाको प्रतिनिधित्व गरिरहेका छन् ।