काठमाडौ । नेपालबाट बर्षेनि हजारौं नेपालीहरु वैदेशिक रोजगारका लागि विभिन्न देशमा जाने गरेका छन् । वैदेशिक यात्रामा गइरहेको धेरै उदाहरण तपाई हाम्रै घर वरपर रहेका छन् । नेपालमा रोजगारीको सिर्जना नभएपछि धेरै युवाहरू बिदेश जाने गरेका छन् । वैदेशिक यात्रामा गएपछि केहिको जीवन सुन्दर भएको छ भने धेरैको जीवन बर्बाद नि भएको छ । धन कमाउने आशमा धेरैको जीवन निराश बनिरहेका उदाहरण धेरै व्यक्तिका विमानस्थलमा काठको बाकसमा दैनिक आएका विदेशी रहेका नेपालीको शव बाट नै थाहा हुन्छ ।
वैदेशिक यात्रामा रहेर नेपाली संस्कृतिलाई माया गर्दै आएकी गीतकार सुजाता शर्माको शब्द र बहुचर्चित गायक तथा संगीतकार थानेश्वर गौतम को ‘दिनको घाम रातको जुन’ बोलको गीत ‘जननी नेपाल’ ले गत सनिवार थानेश्वर गौतम युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपालीहरुको वैदेशिक यात्रामा जांदाको पीडा व्यथा र छुटिदाको मर्मलाई आधार बनाएर उक्त गीतको निर्माण गरिएको थियो ।
गीतमा स्वर र सङ्गीत भर्ने काम गायक आफैंले गरेका छन भने मुख्य अभिनयको प्रमुख भुमिकामा सनम कठायत र उषा उप्रेती रहेका छन । रोजल थापाको निर्देशन रहेको उक्त गीतको छायांकन राम के सी र गीतको भिडियो सम्पादन राजन केसीले गरेका छन । बाध्यताले घर छाडेर परदेशिन विवश भएका हरेक नेपालीको मन मुटु छुने बेदनाका शब्दले भरिपुर्ण बिल्कुलै पृथक किसिमको गित बनेको छ उक्त गीतलाई काठमाडौं देखि पोखरा ,बाग्लुङ ,पर्बत लगाएत धेरै ठाँउहरुको दृश्य समाबेश गरिएको छ ।भिडियो https://youtu.be/2n1PgSaBpVU