सुशान्त राज,
काठमाडौ । बिमल घर्ती मगर,नेपालि फुट्बल जगतमा एउटा यस्तो नाम जुन हर कोहिको मुखमा झुन्डिएको छ।नेपाली फुटबल जगतमा कमै होलान जसलाई यो नाम थाहा छैन। झन्डै २ वर्ष नेपालको घरेलु लिग देखि राष्ट्रिय टोलिबाट समेत एकाएक हराएका तिनै बिमलले जारी ए डिभिजन लिगमा मछिन्द्रबाट २१ महिनापछी फुटबलमा पुनारागमन गरेका छन् ।

कहिले व्यक्तिगत त कहिले चोटका कारण फुटबलबाट टाढा रहेका विमल ‘ए’ डिभिजन लिगमार्फत मैदान फर्किएका हुन् ।

२१ महिनापछि मैदान फर्कदा भावुक बनेका बिमलको टोलि मछिन्द्रले सोमबार त्रिभुवन आर्मीसँग खेल्दैछ ।आर्मीविरुद्धको खेलअघि विमलको प्रेम सम्बन्ध अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।सामाजिक सञ्जालमा एउटा फोटो पोस्ट गर्दै विमलले “लीना प्रधान”नाम गरेकी एक युवतिलाई मेन्सन गर्दै ‘मिस यू’ लेख्दै ती युवतीसङ आफु प्रेमसम्बन्धमा रहेको सार्वजनिक गरेका हुन् ।

विमलकि प्रेमिका लिना प्रधान हाल माल्दिभ्सस्थित सोनेभा जानी नामक एक रिसोर्टमा मुख्य कर्मचारीका रुपमा कार्यरत रहेकी छिन्।ईटहरी निवासी लिना र विमल लामोसमय देखि प्रेम सम्बन्धमा रहँदै आएका छन् ।त्यसो त बिमलकि प्रेमिकाले आफ्नो फेसबुक मार्फत देढ वर्षाघिनै बिमलसंग आफु प्रेम सम्बन्धमा रहेको खुलाएकी थिईन।

कतारबाट घुडाको सल्यक्रिया गराएर नेपाल फर्किए लगत्तै बिमलले आफ्नी आमासङ प्रेमिका लिनाको भेट समेत गराएका थिए।बिचमा आफ्नो हुनेवाला बुहारी लिना लाई राखेर बिमलकी आमाले फोटो समेत खिचाएकी थिइन।अहिले सोही फोटो उनले आफ्नो फेसबुकको कभरमा राखेकि छिन् ।

त्यसो त निकै सोझा बिमल पनि रिलेशनशिपमा होलान् र भनेर धेरैले सोचेका पनि थिएनन् तर जब शनिवार एकाएक बिमलले प्रेमिकालाई मेन्सन गर्दै मिस यु भनेर केही भनाई लेखे पश्चात सामाजिक सन्जालमा एकाएक उनको प्रेमसमबन्धको चर्चा हुन थाल्यो।उनका केही जुनिएर खेलाडीले त यहाँहरुको प्रेम सफल होस्, चाँडै विवाह खान पाउ भन्दै कमेन्ट समेत गरेका छन् ।

नेपाली फुटबलका आश लाग्दा खेलाडी बिमल घर्ति मगरलाई सफल खेल अनि प्रेमजिवनको अगृम सुभकामना।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय