काठमाडौं, मंसिर १७। राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व निर्वाचन प्रक्रियाबाटै अगाडि बढ्ने भएको छ । १५ गतेबाट ल सुरु राप्रपाको एकता महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न शीर्ष लागि प्रयास गरिए पनि प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाटै चयन हुन लागेको हो । काठमाडौंमा हाल चलिरहेको एकता महाधिवेशनको प्रक्रियामा अध्यक्षका लागि दुई नेतृत्व कमल थापा र नेता राजेन्द्र लिङ्देन प्यानल सहित मैदानमा उत्रिएका छन् । आ–आफ्नोतर्फबाट दुबै समूहले प्यानल घोषणा गरेका छन् । कमल थापाले आफ्नो समूहबाट ८ पदाधिकारी र १ सय ४९ सदस्यीय केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लगाएका हुन् ।

थापा समूहबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान उम्मेदवार बन्ने तय भएको हो । थापाले महिला उपाध्यक्षमा रोशन कार्कीलाई उम्मेदवार बनाएका छन् । यस्तै, तीन सदस्यीय महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीले थापाले छानेका छन् । लिङ्देनले पनि उपाध्यक्षमा विक्रम पाण्डेलाई राखेका छन् । यसैगरी, अन्य उपाध्यक्षमा यो समूहबाट दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।

लिङ्देनको प्यानलबाट महामन्त्रीमा डा धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार भएका छन् । राप्रपाको महाधिवेशनबाट अनुमोदन भएको संशोधित विधानअनुसार केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ ।
हाल जारी रहेको एकता महाधिवेशनमार्फत भने राप्रपाले १ सय ४९ जनालाई निर्वाचनमार्फत केन्द्रीय समितिमा चयन गर्नेछ । राप्रपा विधानमा ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिने गरी विधान संशोधन गरिएको हो ।

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार यसअघि अध्यक्ष चुन्न मात्रै मतदान हुने गरेकामा यसपटकबाट भने अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन हुन लागेको हो ।

राप्रपा विधानमा केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, एक जना कोषाध्यक्ष, प्रवक्ताहरू, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित१ सय ९९ सदस्यीय कार्यसमिति हुने उल्लेख छ । आज देखि राष्ट्रिय सभा गृहमा सुरु बन्द सत्रमा मतदान गर्ने नामावली १६ गते बेलुकी मतदान प्रकाशित गरिएको छ, भने प्रथम उमेदवारहरुको नामवली दिउँसो २ बजे प्रकाशित गरि नया नेतृत्व चयन प्रक्रिया अब मतदान मार्फत अगि बढ्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय