निजगढ , बारा। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएसगै महाधिवेशनमा बाराबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम शनिवार निजगढमा सम्पन्न भएको छ । एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले केन्द्रीय सदस्य अच्युत मैनाली, पुरुषोत्तम पौडेल, बलविर चौधरी र ज्वालाकुमारी साहलाई आज उक्त कार्यक्रम मार्फत आज सम्मान गरेको हो ।
कार्यक्रममा केन्द्रीय सदस्यमा निर्वाचित महम्मद समीर र मञ्जु थापा मगर कार्यव्यस्तताका कारण उपस्थित हुन सकेका थिएनन् । आज सम्पन्न सम्मान कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य पुरुषोत्तम पौडेलले बारा जिल्ला अब एमालेको लालकिल्ला हुने बताउदै यो महाधिबेशनले पार्टीभित्र देखिएको समस्या समाधान भएको भन्दै पौडेलले अबको निर्वाचनमा एमालेले चार वटै क्षेत्रबाट जीत सहजै हात पार्ने बताएका थिए ।
पौडेलले बोल्दै पार्टीको जनबर्गिय संगठनहरुलाई पनि अब सक्रियता साथ अघि बढाउने बताएका थिए । कार्यक्रममा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य एवम् बारा, पर्सा इन्चार्ज त्रिलोक विक्रम शाहले निर्वाचित केन्द्रीय सदस्यलाई बधाई दिदै जनबर्गिय संगठन परिचालनका लागि नेतृत्वको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, अनेमसंघ केन्द्रीय सदस्य अन्जु नेपाली, निजगढ नगर अध्यक्ष दिलबहादुर लामा, एमाले नेता एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, जयराम कुवर,दिपिका शाह, इराज कोईराला,तिलक घलान,माधब न्यौपाने अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष कपिल खरेल, सदस्यहरु शुशान्त शाह, ईश्वर बस्नेत,अतिश श्रेस्ठ,सरोज खनाल , लक्ष्मी तिमल्सिना,बिज्ञान चापागाई,सन्तोस दहाल,अरुण तामाङ ,प्रताप रिजाल लगायतको उपस्थितीमा आज कार्यक्रम सम्पन्न भएको थियो ।
भैयाराम सहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव श्यामकृष्ण घिमिरेले गरेका थिए भने कार्यक्रममा निर्जल घिमिरेले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।