सुशान्त राज,
काठमाडौ । बि.स. २०३० सालतिर एक फुटबल खेलबाट प्रेरित भएर केही प्रसंसकहरुको समुहले आफ्नै क्लब खोल्ने निर्णयबाट जन्मिएको मछिन्द्र फुट्बल क्लब सुरुसुरुमा मछिन्द्र बहाल क्लबका नामले परिचित थियो।क्ल्बको यो नाम भने काठमाडौ क्षेत्रका देवता सेतो मच्छिन्द्र नाथको नामबाट नामाकरण गरिएको हो।

स्थपनाको सुरुवाती वर्षहरुमा डी डिभिजनबाट व्यवसायीक लिग खेल्न थालेको मछिन्द्र निकै छोटो समयमानै सी डिभिजनबाट राम्रो खेल देखाउदै बी डिभिजनमा बढुवा भयो।मछिन्द्रले बी डिभिजनमा दोस्रो स्थान हासिल गरेर तेस्रो सिजनमै प्रमोशनको उल्लेखनीय ह्याट्रिक गरेको छ।

दुर्भाग्यवश,मछिन्द्रले बी डिभिजन लिग जितेकै वर्ष एन्फाले सामान्य दुई क्लबको सट्टा एउटा मात्र क्लबलाई “ए” डिभिजनमा प्रवर्द्धन गर्ने निर्णय गर्‍यो।

३२ सालदेखि भने मछिन्द्रको खराब भाग्यको दौड झन्डै २९ वर्ष सम्मै जारी रह्यो! क्लबले सधैं आफूलाई फुटबल जगतको एउटा दुलहीको रूपमा भेट्टायो । जब एन्फाले एक क्लबलाई प्रवर्द्धन गर्ने निर्णय गर्यो मछिन्द्र दोस्रो भयो ,यस्तै एन्फाले दुई टोलीलाई प्रवर्द्धन गर्ने निर्णय गर्दा मछिन्द्र तेस्रो भयो।

नेपाली घरेलु फुट्बलमा द वाइट लायन्स अर्थात सेतो सिंहको उपनामले परिचित मछिन्द्रले शिर्ष डिभिजन लिग खेल्न थालेको दुई दशक पनि भएको छैन।

तल्लो डिभिजनका लिगहरूमा ३१ वर्षभन्दा बढी समयपछि, मछिन्द्र फुटबल क्लबले २०६० सालको माघ ताका नेपाली क्लब फुटबलको शीर्ष लिगमा बढुवा हुँदै आफ्नो तीन दशक लामो सपना साकार पार्यो।

६० सालमा बी डिभिजनबाट ए डिभिजनका लागि बढुवा भएको मछिन्द्रले पहिलो सहभागीतामै उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थानमा रहदै लिग फिनिस गर्यो।त्यस एता वि.स. २०६२,२०६३ र वि.स. २०७५,२०७६को सिजन बाहेक मछिन्द्रले उत्कृष्ट १०मा रहदै हरेक सिजन सकेको छ।

धेरैपटक उपाधी नजिकै पुगेर पनि लिग जित्न चुकेको अभागी मछिन्द्रले अन्तत पहिलो पटक गत सिजनको ए डिभिजन लिग उचाल्दै घरेलु फुट्बल ईतिहासमा आफ्नो नाम स्वर्ण अच्यरले लेखायो।

बिमल घर्तिमगर, मनीष डाँगी, सुजल श्रेष्ठ, रजिन धिमाल, विशाल राई, सुनील बल, रेजिन सुब्बा, अभिषेक रिजाल जस्ता नेपाली फुट्बलका स्टार खेलाडीहरुको बाहुल्यता रहेको साबिक विजेता मछिन्द्र फुटबल क्लब यसपालि पनि उपाधिको सबैभन्दा बलियो दाबेदार हो ।

यश पटकको ए डिभिजनमा उपाधि जोगाउने लक्ष्यका साथ मैदानमा उतृएको मछिन्द्र पुन: एक पटक राम्रो खेल प्रदर्शन गर्दै दोस्रो पटक उपाधी उठाउने दाउमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय