सिरहा ११ पुष। सफटेक कलेजद्वारा बृहत वेलकम प्रोग्रामको आयोजना गरेएका थिए। कक्षा१२ मा अध्ययन गर्ने विद्यार्थीहरुले उक्त कार्यक्रमको आयोजना गरेको हो। स्थानीय डा. महादेव साहले २०५४ सालमा स्थापना गरेको थियोे।

समाज परिवर्तन गर्न उक्त कलेजको स्थापना गरेको हो। २५ देखि बर्ष निरन्तर शिक्षा क्षेत्रमा काम गर्दै आएका छन्। हाल सम्म करिब ५० हजार विद्यार्थीहरुलाई शिक्षित गरी उच्च शिक्षा दिन सफल संस्थाको रूपमा चरचित कलेजको रूपमा चिनीन्छ। गुणस्तरीय शिक्षामा जोड दिन र समाजमा परिवर्तन ल्याउन कलेजको स्थापना गरेको शिक्षा बिद्ध डा. महादेव साहले जानकारी दिनु भयो।

उक्त कलेजबाट अध्ययन गरेका विद्यार्थीहरुले नेपालको सरकारी सेवामा आवद्ध रहेर काम गर्दै आएका छन् भने देश बिदेशमा राम्रो रोजगार पाएर जिबन यापन गर्दै आएका छन्।
स्थापना कालदेखी नै कलेजले शिक्षा क्षेत्रलाई उकास्न अग्रनी भुमिका खेल्दै आएका छन्।उक्त कलेजमा नर्सरी देखि उच्च शिक्षा सम्म पढाई हुने गरेका छन्।

कलेजले प्रत्येक बर्ष विद्यार्थीहरुलाई मोनोरंजनका लागी विभिन्न किसिमको सांस्कृतिक नृत्य र गित संगीतका कार्यक्रम हरु राख्दै आएकाका छन्।विद्यार्थीहरुमा रहेका कला प्रतिभा हरु प्रष्टफुटन गर्न प्रत्येक बर्ष सामुदायिक कार्यक्रमहरुको बृहत आयोजना गर्ने गरेको कलेजको लेखा सखाको अधिकारीक ब्यक्ती राम कार्कीले जनाए ।

२०७८ सालमा कक्षा १२ मा अध्ययनरत रहेका विद्यार्थीहरुले उक्त कार्यक्रमको आयोजना गरेको थियो भने कार्यक्रमको संचालन उद्घोषण प्रद्य्यापक ब्रजमोहन अधिकारीले गर्नु भएको कलेजकी प्रीन्सिपल डा.रेनु साहले जानकारी दिनु भयो।आयोजक टिमका विद्यार्थी प्रताप कुमार यादव र अस्मिता कुमारी महतोले जानकारी दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय