✍️ उद्धब अविदित,
जहाँ भिंडको व्यापार हुन्छ,
त्यहाँ देश कसरी बन्छ ?
बरु त्यहाँ देश अलमलिन्छ !
हो देशले त्यहाँ सुद्दी हराउँछ !
देशले त्यहाँ बुद्धि हराउँछ !!
के लाउने ? के नलाउने ?
के खाने ? के नखाने ?
कुन बेला सुत्ने ? कहाँ मुत्ने !
अत्तोपत्तो केही हुन्न देशलाई !
डाईपर लाईदिने निर्लज्ज कुरुवाहरुनै,
हातमा कुर्माने कालो बोकेर आउँछ्न
देशका जर्जर औंलाहरु खोज्छन
र एउटा सादा कागजमा
उत्तराधिकारको ल्याप्चे ठोकाउँछन !
हो त्यो बेला होस हराएको देश रुदैंन,
बरु डाँको सुनिन्छ… शहिदहरुको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय