✍️ उद्धब अविदित
यो देश फेरि छक्किएको छ,
हेर्छु भित्रभित्रै मक्किएको छ !
जुगमा सतीले श्रापेको कस्तो ?
अब फेरि सन्ततीले श्राप्ने जस्तो !!
पुर्खाको दु:खले आर्ज्याको यो देश,
१९५० मा नराम्ररी कुटिएको जस्तो !
फेरि एक्काईसौं शताब्दीको युगमा,
आज त्यस्तै गरि लुटिएको जस्तो !
तारन्तार स्वाभिमान निर्वस्त्र पारिएको,
वैरीले भन्दापनी आफ्नैबाट मारिएको !
दु:खका हजार घुँट पिईरहेको मेरो देश,
दुष्चरित्रले नायकत्व लिईरहेको मेरो देश !!