नेकपा एमाले र राष्ट्रिय जनमोर्चा विरुद्ध कांग्रेस, माओवादी, नेकपा एस लगाएतको गठबन्धन बनाएर निर्वाचन भएको बाराको सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा उपाध्यक्ष बाहेक एमाले र राष्ट्रिय जनमोर्चाको प्यानलनै विजयी भएको छ ।

३ हजारभन्दा बढी उपभोक्ता रहेको यहाँको निर्वाचनमा सिमरामा रहेका कांग्रेस, माओवादी, नेकपा एस लगाएतको राजनीतिक दलले संयुक्त गठबन्धन प्यानल बनाएको थियो भने नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले समर्थन गरेर निर्वाचनमा होमिएको थियो ।

३ हजार २८७ जना मतदाता रहेको उपभोक्ता समितिको निर्वाचनमा २ हजार ५ सय ६२ मत खसेको निर्वाचन अधिकृत मदन बहादुर क्षत्रीले बताए ।

निर्वाचनको परिणाम अनुसार अध्यक्षका उम्मेदवार कासिम हुसेनले १३ सय ३३ मत ल्याएर विजयी भएका छन् । निर्वाचनमा अध्यक्षका प्रत्यासी राजकुमार भट्टराईले ११ सय १९ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको उपाध्यक्षका प्रत्यासी शशि कुमार गौतमले ११ सय ६३ मत प्राप्त गरेर भने उपाध्यक्षमा गठबन्धनका पूर्ण चन्द्र तिमल्सिनाले ११ सय ८९ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

यस्तै, सचिवका उम्मेदवार जय किशोर राउतले १२ सय २९ मत ल्याएर विजयी भए भने, सचिवमा प्रत्यासी राजेन्द्र सुबेदीले ११ सय ३४ मत प्राप्त गरे । त्यसैगरी कोषाध्यक्षका उम्मेदवार लेकराज पौडेल (मधु)ले १२ सय २८ मत ल्याएर विजयी भए भने, अर्का प्रत्यासी दिलुमाया श्रेष्ठले ११ सय २३ मत प्राप्त गरे भने सह-सचिवका उम्मेदवार सानु बाबु कुर्मीले १२ सय २४ मत ल्याएर विजयी भए भने, सह-सचिवमा प्रत्यासी रुद्रनाथ शर्माले ११ सय १९ मत प्राप्त गरे ।

सदस्यहरुको लागि भएको निर्वाचनबाट मुमनाथ शर्मा (केशब), प्रकाश बहादुर क्षेत्री (खुलाल), तोयानाथ लुईटेल, राजकुमार बर्तौला, निर्मला केसी, शुभद्रा कुमारी निर्वाचित भएका छन् ।

सिमरा खानेपानीको निर्वाचनलाई आगामी स्थानीय तह निर्वाचनसंग जोडेर चर्चा समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय