मकवानपुर । प्रदेश खेलकुद परिषदको आयोजनामा बागमती प्रदेश खेलकुद प्रतियोगिताकोआज उद्घाटन् सम्पन्न भएको छ । भव्य कार्यक्रमको आयोजना गरि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिता प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।
हेटौंडाको पिप्ले क्याम्पाचौर रंगशालामा भएको उद्घाटन कार्यक्रम बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको अध्यक्षता र हिक्मत थपलियाको संयोजकत्वमा सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत आज आईतबार पुरुष तर्फको फुटबल हुनेछ । पहिलो खेल समूह (ख) का चितवन र ललितपुरबीच हुने परिषदले जनाएको छ । खेल नकआउट चरणमा हुनेछ । प्रतियोगितामा ८ वटा खेल हुनेछ । खेलकुद नै जीवन सम्झदै अगाडि बढ्दै आउनु भएका नेपाली चलचित्र निर्माता,खेलाडी समेत रहनु भएका हिक्मत थपलियाले अब देशभर नै अनुसन्धान गरि खेलकुद विकास गर्न आफू तल्लीन रहने सिमरा खबरलाई जानकारी दिनु भएको थियोे ।