बारा, मोटरसाइकलको ठक्करबाट ४ बर्षिय बालकको मृत्यु भएको घटनालाई लिएर स्थानीय आक्रोसित बनेका छन् । आक्रोशित स्थानीयले मृतक बालक शव सडकमा राखेर सडक अबरुद्ध गरेका छन्  । शंकर चोकमा टायर बालेर सडक अवरुद्ध हँदा पिलुवा कलैया सडकमा सयौं साना ठुला सवारी रोकिएका छन् । होलि मनाउन घर हिनेका सयौं यात्रु अलपत्र प्ररेका छन् ।

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा -१८ को वडहर्वाको केशव थापाका ४ बर्षिय छोरा  रियान थापा मगरको मृत्यु भएको थियो । पीडित पक्षले ठक्कर दिने मोटरसाइकलको खोजी , दोषीलाई कार्वाही र क्षेतीपुर्ती माग गरेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी मनोजित कुँवर नेतृत्वको टोलिले अवरुद्ध सडक खुलाउने प्रयास गरिएको छ । पिलुवा कलैया सडकखण्डको मोतीचोक नजिकै बिहिन ८ बाजेको समयमा नम्बर नखुलेको निलो रंगको आरटिआर अपाचे मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते भएका थिए । उनको तत्काल उद्दारगरी न्युरो अस्पताल बिरगंज पुर्याएपनी उपचार हुननसकी बालकको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

दक्षिणबाट पिलुवा तर्फ जाँदै गरेको उक्त मोटरसाइकलले बाटो कट्दै गरेका बालकलाई ठक्कर दिएको थियो ।बालकलाई ठक्कर दिई फरार रहेको मोटरसाइकल र सोका चालकको तीब्र रूपमा खोजी कार्य भैरहेको बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय