बारा, पिलुवा कलैया सडक खण्डको बडहर्वामा जारी अवरोध खुलेको छ । प्रहरी ,जनप्रतिनिधि र स्थानीय बीचमा भएको छलफल सहमतिपछि सडक करिब ७ बजेबाट खुल्ला भएको छ। फरार मोटरसाइकल र चालकको खोजीमा तिब्रता दिने , टिपर आतंक न्यूनीकरण गर्ने, सडकमा सिसि टिभी क्यामरा जडान गर्ने र काजकिरिया खर्च ब्यवस्थापन गर्ने सहमति पछी सडक अवरोध हटेको भए पश्चात सडक अवरोध हटेको हो । प्रहरीले सुरक्षाको जिम्मा लिएको छ भने जितपुरसिमरा १८ का वडा अध्यक्ष अर्जुन प्रसाद दाहालले पिडित परिवारलाई किरिया खर्च उपलब्ध र सडकमा सिसि टिभी क्यामरा राख्न पहल गर्ने सहमति भएको स्थानीयबासीले जानकारी दिएका छन् ।केसब थापा मगरको ४ बर्षिय छोरा रियानको बिहीवार बिहान नाम नखुलेको मोटरसाइकलको ठक्करबाट ज्यान गएपछि स्थानीयले सडक अवरुद्ध गरेका हुन् । साझ ४ बजे देखि मृतक बालकको शव राखी ७ बजेसम्म सडक अवरुद्ध भए पश्चात जिल्ला प्रशासन कार्यालय बाराले आइतबार घटनाको बारेमा बैठक बसी बहस गरि निर्णय गरिने स्थानीयबासीले सिमरा खबरलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय