बारा,नेकपा एमाले जितपुरसिमरा १८ को शनिबार वडा भेला सम्पन्न भएको छ । आगामी स्थानीय निर्वाचन र चैत्र १२ गते बस्ने नगर अधिवेशन लक्ष्यित गरि भेलाको आयोजना गरिएको हो ।
नगर अधिवेशनमा सहभागी प्रतिनिधि छनौट गर्न बसेको भेलाका वक्ताहरूले स्थानीय निर्वाचन एमालेको पक्षमा पार्न फेरि परिचालित हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।
एमाले नेतृत्वबाट मात्रै समृद्धिको मार्ग तय हुने भन्दै वक्ताहरूले जुनसुकै मुल्यमा एमाले जित्नै पर्ने वाध्यता रहेको बताए । संघियता संस्थागत गर्ने महान अभिभारा पूरा गर्दै एमाले नेतृत्व सरकारले यस अवधीमा जनताका हितमा थुप्रै महत्त्वपूर्ण काम गरेको छ ।
यति गर्दागर्दै पनि धेरै अधुरा काम पूरा गर्नु पर्ने अझै बाँकी रहेकाले एमालेको स्थानीय प्रदेश र केन्द्रमा एमाले सरकार आवश्यक भएको भनाइ व्यक्त गरे ।
कार्यक्रममा एमाले मधेस प्रदेश कमिटी सदस्य विश्वनाथ लामिछाने , जिल्ला सचिवालय सदस्य अनिल कुमार मैनाली , बसन्त खतिवडा , जिल्ला कमिटी सदस्य नवराज बस्नेत, स्थानीय नेता सामाजिक अगुवा ध्रुव सापकोटा , वडा कमिटी उपसचिव शान्ता न्यौपाने लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम वडाकमिटी अध्यक्ष अर्जुन प्रसाद दाहालको अध्यक्षतामा , उपाध्यक्ष गोपीकृष्ण खतिवडाको स्वागत र सचिव भरत लोप्चनको संचालनमा सम्पन्न भएको हो । स्थानीय र कार्यकर्ताको वडा भेलामा उल्लेखनीय उपस्थिती रहेको थियो ।