यहि महिनाको फिफा विन्डो अनतर्गतका दुई अन्तरास्ट्रिय मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलि सोमबार अपराह्न थाईल्याण्ड प्रस्थान गरेको छ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरिको प्रशिक्षणमा थाईल्यण्ड हिडेको २४ सदस्यिए जम्बो टोलिमा विदेशी लिग खेलिरहेका कप्तान किरन चेम्जोङ र अर्का भरपर्दा डिफेन्डर रोहित चन्द अटाउदा मछिन्द्रका खेलाडिहरु भने एफसि कपको तयारीका लागि क्ल्बसाङै प्रशिक्षणरत रहेका छन्।
थाईल्याण्ड उड्ने समुहमा २४ सदस्यिए खेलाडीहरु बाहेक एन्फा सचिव ईन्द्रमान तुलाधरको नेतृत्वमा अन्य ९ अफिसियलहरु पनि समावेस रहेका छन्।
सोमबार थाईल्याण्ड उड्ने भएपछि आईतबारनै अखिल नेपाल फुटबल संघ एन्फाले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बिच टोलिको बिदाई गरेको थियो।
बिदाई क्रायक्रममा बोल्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफाको विन्डोमा नेपालमै टिम बोलाएर खेलाउने प्रयास गरे पनि प्राविधिक कारणले गर्दा सम्भव नभएको बताए ।
थाईल्याण्ड पुगे लगत्तै टोलिले मंगल्बार र वुधबार गरि दुई दिन प्रशिक्षण गर्नेछ।बिहिबार भने नेपालले स्थानिए टोलि चोनबुरी एफ्सिको घरेलु रंगशालामा थाईल्यण्डको राष्ट्रिय फुटबल टोलिको सामना गर्नेछ।चैत्र १० गते बिहिबार नेपाली समयअनुसार ६:४५ बजेबाट सुरु हुने नेपाल र थाईल्याण्ड बिचको खेलको प्रत्यक्ष प्रसारणबारे भने अझै टुङ्गो लागि सकेको छैन।यस्तै नेपालले चैत्र १३ गते सोही समय थाईल्यण्डको स्थानिए टोलि चोनबुरी एफ्सि को सामना गर्नेछ।
केबल दुई खेलका लागि थाईल्याड हिडेको नेपाली टोलिमा केहि ठुला ठुला नाम समावेश नरहेता पनि अब भने केही थप नयाँ नयाँ खेलाडिहरुले आफ्नो खेल कैशल प्रस्तुत गर्ने अवसर पाउनेछन्।
मछिन्द्रका खेलाडिहरु एफ्सि कपका लागि क्ल्ब संगै रहदा निकै लामो समय पछि राष्ट्रिय टोलिमा पुनारागमन गरेका जगजित श्रेष्ठले समेत भिसाका कारण थाईल्याण्ड बिरुद्दको खेल गुमाउने भएका छन्।यता माल्दिभ्सको घरेलु लिग खेलिरहेका कप्तान तथा गोलरक्षक किरन चेल्म्जोङ र ईन्डोनेसियाको शिर्ष डिभिजनको लिग खेलिरहेका भर्पर्दा डिफेन्डर रोहित चन्दले उतैबाट मंगलबारनै टोलि जोईन गर्नेछन्।
फिफा बरिएतामा आफुभन्दा निकैनै बलियो टोलि थाईल्याण्ड बिरुद्द यो नेपालको चौथो भेट रहनेछ।हाल सम्म थाईल्याण्डलाई एक पटक पनि हराउन नसकेको नेपाली टोलि यो पटक भने आफ्नो बदलिदो स्तर प्रस्तुत गर्दै घरेलु टोलिलाई स्तब्ध पार्न चाहन्छ।