मकवानपुर : नेपाल मानव अधिकार संगठन, मकवानपुरको नवनिर्वाचित सभापति शर्मिला श्रेष्ठ सहित पदाअधिकारीहरुले पदभार ग्रहण गरेका छन् । गएको चैत ५ गते सभापतिमा शर्मिला श्रेष्ठ सहित सर्वसम्मत नव निर्वाचित ११ जना पदाअधिकारीहरुलाई पदभार ग्रहण गराईएको हो ।

शनिबार आयोजना गरिएको पदभार ग्रहणमा निर्वाचन समितिको संयोजक कृष्ण प्रसाद दाहालद्धारा सदस्य प्रमाण पत्र ग्रहण गर्दै निर्वाचित पदाअधिकारीहरुले नामको अघाडी अधिकारकर्मी जोडिएका कारण सधैनै मानव हकहितमा कामगर्नै प्रतिबद्धता जनाए ।

निवर्तमान सभापति अप्सरा बस्नेतले नवनिर्वाचित अधिकारकर्मीहरुले इमान्दार भएर काम गर्नेमा विश्वास रहेको बताईन् । सोहीक्रममा संस्थापक अध्यक्ष र हालका सल्लाहाकार समेत रहेका कृष्ण प्रसाद दाहालले मानव हकहितमा काम गर्ने अधिकारकर्मी बनेर निस्कदा सधै नेपालको कानुन अनुसार काम गर्नुपर्ने र पदाअधिकारहरु संग समन्वय गरेर मात्र काम गर्नुपर्ने बताए ।

नेतृत्वमा रहेको प्रमुखको मात्र सबै जिम्मेवारी नभएर सभैको अहम भुमिका भएमा मात्र मानवको अकहितमा काम गर्न सकिने भएका कारण एक जुट भएर काम गर्न सुझाव दिए ।त्यस्तैगरि सल्लाकारहरु बासुदेव श्रेष्ठ, विजय बैद्य र बिजेन्द्र अग्रवालले पनि संगठनको नेतृत्वमा रहेर काम गरिरहदा सधै मानव अधिकारका निम्ति काम गर्नलाई आफ्नो तर्फबाट सहयोग रहने बताए ।

विसुद्ध मानव अधिकार संग जोडिएको संगठन भएको र यसमा कुनैपनि समयमा पार्टीका कुरा नगरी राजनिति बिषय नबनाई सधै निश्पक्ष काम गरिनुपर्ने सल्लाकारहरुको भनाई छ ।यसैक्रममा सभापति श्रेष्ठले सबैले विश्वास गरि चुनेकोमा विश्वास अनुसार संगठनको बिद्यान र नेपालको कानुनको दायरामा रहेर मानव कल्याण र हकहितमा काम गर्ने बताईन् ।

यो संघर्षको मैदान भएको र एक्लै काम गर्न नसकिने भएकाले सबैको साथ सहयोग सधै आवाश्यक रहने बताईन् ।कार्यक्रममा उप सभापति राजबाबु पहाडी सचिव सुवास चन्द्र अधिकारी, सहसचिव मञ्जु खराल, कोषाध्यक्ष सुमित्रा थिङ सदस्यहरुअपेक्षा बस्नेत,श्रद्धा ढुङ्गाना,राजेश गरिब, बिमला नेपाली इन्दिरा लुइटेल र तेजकुमारी थापाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय