सिमरा, शिर्ष श्रेणीको न्युरोड टिम (एनआरटी) सिमरामा जारी १२औं जितपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार पहिलो सेमिफाइनल खेलमा आयोजक नव जन जागृती युवा क्लबलाई ३–२ गोलले हराउँदै एनआरटीले फाइनलको यात्रा तय गरेको हो।
सिमरा रंगशालामा रोमाञ्चक बनेको खेलमा सुरुवाती अग्रता एनआरटीले बनायो। खेलको ३१औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, ६५औं मिनेटमा आयोजकले युवा फर्वाड आयुष घलानको गोल मार्फत बराबरी ग¥यो।
८५औं मिनेटमा मेसुओके ओलोमोउले एनआरटीलाई पुनः अग्रतामा फर्काए। लगत्तै ८७औं मिनेटमा समिरले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल आयोजकको हातबाट फुत्केको थियो। इन्जुरी समयमा डोना थापाले रातो कार्ड खाएपछि आयोजक दस खेलाडीमा सिमित भयो।
इन्जुरी समयमै आयोजकका एलन थापाले सान्त्वना गोल गर्दै खेललाई ३–२ को स्थितिमा पु¥याएका थिए। खेलमा दुई गोल गरेका समीर ’म्यान अफ दि म्याच’ घोषित भए।
प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनल खेल एपीएफ फुटबल क्लब र बागमती युवा क्लब सर्लाही बीच रहेको छ।
एनआरटीले उक्त खेलको विजेतासंग उपाधीका लागि भिड्नेछ।