दिपेश राज नेपाल ,बुटवल : नेपाल स्काउट लुम्बिनी प्रदेश द्वारा ७औ कार्यक्रमअन्तर्गत विद्यालय स्तरमा कोभिड न्यूनीकरण तथा रोकथामका लागि माक्स सुनिश्चितता अभियान ( माक्स बैक स्थापना ) गरेको छ ।
लुम्बिनी प्रदेश स्काउट कार्यालय बुटवलले नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. मा बिहिवार मास्क सुनिश्चितता अभियान अन्तरगत मास्क बैंक स्थापना गरिएको छ ।
उक्त कार्यक्रम नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा र बुटवल उपमहानगरपालिका नगर उपप्रमुख गुमादेवी आचार्यको प्रमुख अतिथिता मा सम्पन्न भएको थियोे ।
कार्यक्रम स्काउटले कोभिड १९ संक्रमण रोकथामका लागि सराहनीय कार्य गरेकोमा उच्च प्रशंसा गर्दै स्काउटले विद्यालयमा अनुशासन कायम गरी सभ्य समाज निर्माणमा अगुवाई पनि गरेको भन्दै कार्यक्रम को प्रमुख अतिथि बुटवल उपमहानगरपालिका नगर उपप्रमुख गुमादेवी आचार्यले बताउनु भयो ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि विद्यालयमा भएको थियो कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष राम चन्द्र क्षेत्री,लुम्बिनी प्रदेश स्काउटका अध्यक्ष दिनानाथ भट्टराई,नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.शि.अ.संघ सदस्य वासुदेव भुसाल, उपस्थिति रहेको थियो ।कार्यक्रम मा विद्यार्थी बाट कक्षा ६ की विद्यार्थी अन्जना ज्ञवालीले विद्यालयको बारेमा धारणा राखेकी थिइन्
उक्त मास्क सुनिश्चितता कार्यक्रम युनिसेफको सहयोगमा विद्यालयका प्रधानाध्यापकलाई २०५०० मास्क वितरण गरिएको थियो . उक्त मास्क स्काउट शिक्षक तथा विद्यार्थीहरुको संयुक्त प्रयासमा बिपन्न विद्यार्थीहरुलाई नि:शुल्क र अन्यलाई न्युनतम शुल्कमा मास्क वितरण गरि मास्क बैंक स्थापना गरिएको लुम्बिनी प्रदेश स्काउट कार्यालय बुटवलका कार्यालय प्रमुख तथा कार्यक्रम संचालनमा तारा पुरीले जानकारी दिए ।