सिरहा : सिरहाको गोलबजार नगरपालिका-११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ। मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो।
गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडाध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए। उनलाई थप उपचारको लागि धरान पुर्याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिइन्।
उनका तीन छोरी र श्रीमती छन्। उनी नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए।