गणेश रावत
कोहलपुर,चैत महिनाको टलटलाउँदो चर्काे घाम । हातमा लौरो । खल्तिमा नागरिकता बोकी बैंकको लाइन मा थिए ७१ वर्षका मन्तुक खतिक । विहान ७ वजे घरबट आएका खतिक । ८ बजे सम्झना बजार बैंकमा पुगेका थिए । आठ बजे लाईनमा बसेका खतिक ५ घण्टा सम्म लाइन बसे । तर पालो आएन । दिउँसो १२ वजेको चर्काे घाम त्यहिँ घाममा भत्ता बुझ्ने पालो कुरी रहेका थिए । उनी अहिले राम्रोसँग हिन्न सक्दैनन् । तर पनि भत्ता बुझ्न घर देखि अटो चढेर बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ सम्झना बजारमा रहेको एनअाइसी एसिया बैंक सम्मा आएको बताए । घरमा समस्या हुन्छ, पैसा ल्याउँनु बैंकमा आयो चार पाँच घण्टा पालो कुर्नु पर्छ । सरकारले भत्ता दिदा हामी धेरै खुशी छौं । तर अहिले बैंकमा दिने गर्दा धेरै दुःख भएको छ । उमेर ले नेटो काट्यो । हिन्न सकिदैन । पहिला घरमा आयर दिन्थे । अहिले बैंकमा लाइन लाग्नु पर्ने बध्यता छ । त्यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर ८ का स्थानिय कासिराम थारुलेअ ाफ्नो पिडा, दुख सुनाउँदै भने,भत्ता बुझ्न साइकलमा बाबा लाइ बोकेर बैंकमा ल्याएको छुँ । गत वर्ष भौसी लाइ पराल हाल्न जादा बाबाको लडेर खुट्ट भाचियो । म मात्र भत्ता लिन आउँदा पैसा दिन्नन् । बाबा लाई सँगै ल्याएर आउँनुस भनेर कति पटक रीत्तो हात घर फर्केको छु । बुबा आफु मात्र जना सक्ने अबस्था छैन् ।त्यसैले पनि बोकेर हुन्छ या साइकल ,अन्य सवारी साधानमा बैंक सम्मा बाबा सँगै भत्ता बुझ्न आउँने गरेको बताए । बैंक अगाडि पालो कुर्दै धेरै वृद्धा बृधाहरु बसेका थिए । अहिले बैंकमा भत्ता बुझ्न आउँन गारो भएको दुख सुनाए । अब पहिलाकै जस्तै गरेर घरमा आएर भत्ता दिन स्थानयि सरकारलाई आग्रह गरे ।
ADVERTISEMENT