चितवन : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाटमाडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विकको मृत्यु भएको छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भरतपुर महानगरपालिका–२३ स्थित निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ सुरेशलाई बाघले आक्रमण गरेको थियो। आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।

आक्रमणबाट सुरेशको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ। उनको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय