निराज रानाभाट , काठमाडौं : बुधबार ( आज ) अप्रिल महिनाको ६ तारिख अर्थात अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाउँदै ।
हरेक वर्षको अप्रिल महिनाको ६ तारिकमा विकास र शान्तिका लागि खेलकुद दिवस मनाइन्छ ।
खेलकुदका माध्यमबाट विश्वभरको गरिबी उन्मूलन , असमानतारहित , सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि विश्वभर यो दिवस मनाउन थालिएको हो ।
खेलकुद दिवस संयुक्त राष्ट्रसंघ ( यूएन ) को आह्वानमा सन् २०१४ देखि मनाउन थालिएको हो ।
यूएनका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी , इन्टरनेसनल युनिभर्सिटी स्पोर्टस , एफआईए फाउन्डेसन , इन्टरनेसनल काउन्सिल अफ स्पोर्टस साइन्स एन्ड फिजिकल एजुकेसनलगायत खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूले समेत यो दिवस मनाउन विश्वव्यापी आह्वान गरेका थिए ।
समाजमा सामाजिक परिवर्तन , सामुदायिक विकास र शान्ति तथा आपसी समझदारी स्थापनामा खेलकुदलाई माध्यम बनाउनका लागि वार्षिक रूपमा यो दिवस मनाउन थालिएको हो ।
नेपालमा पनि सन् २०१५ यता यो दिवस निरन्तर रूपमा मनाइँदै आएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा यूएनले विश्वव्यापी रूपमा मनाउने यो दिवस नेपालमा पनि मनाउँदै आएको छ ।