निराज रानाभाट , काठमाडौं : चितवन जिल्लाको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसलकै चर्चित सञ्चार गृहको रूपमा रहेको ` लक्की मिडिया हाउस चितवन ´ ले नयाँ वर्ष २०७९ को भित्ते पात्रो प्रकाशनमा ल्याएको छ । सो भित्ते पात्रोको नेपाली कांग्रेसका पूर्व महामन्त्री डा‍. शशांक कोइराला , नेपाल चलचित्र कलाकार संघका महा – सचिवमा चेतबहादुर सिंह ” राजा ” तथा लक्की मिडिया हाउस चितवनका महा प्रबन्धक हरि कार्की ‘ लक्की ‘ ले संयुक्त रुपमा एक कार्यक्रमकाबीच राजधानी काठमाडौंमा विमोचन गरेका छन् ।

विमोचन पछि बोल्दै डा‍. कोइरालाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेको बताए । यो भित्ते पात्रो वर्षको दर्पणको रुपमा रहेर अब शुभारम्भको दिनको पात्रो हुने अपेक्षा गरे ।

सो अवसरमा बोल्दै विशिष्ट अतिथि नेपाल चलचित्र कलाकार संघका महा सचिवमा चेतबहादुर सिंह ” राजा ” ले लक्की मिडिया हाउसले मोफसलमा रहेर नागरिकलाई सुसुचित गर्दै निरन्तर भित्ते पात्रो प्रकाशन गर्दै आएकोमा प्रशंसा गरे । आगामी दिनमा पनि मिडिया हाउसले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

मिडिया हाउसका महा प्रबन्धक हरि कार्की ” लक्की ” ले मिडिया हाउसले नागरिकको सुसुचित हुने अधिकारलाई शिरोपर गर्दै कर्तव्यपथबाट विचलित नभएको उनले बताए । मिडिया हाउसको स्थापनादेखिनै भित्ते पात्रो प्रकाशन गर्दै आएको भन्दै कार्कीले यसलाई निरन्तरता दिन सहयोग पुर्‍याउने सबै प्रति आभार प्रकट गरे ।

कार्यक्रममा कलाकार , नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण कमल खड्काले गरेका थिए ।

स्थानीय देखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले विभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो , प्रिमियर शो , विशेष शो , च्यारीटी शो , एकल साँझ , विभिन्न सांगितिक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ ।

मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ई – चितवन खबर डट कम सञ्चालनमा छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय