सिमरा खबर संवाददाता
काठमाण्डौँ, चैते दशै पर्व अन्तर्गत आज आर्यअवलोकितेश्वर जनबहा द्य: अर्थात सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट विधिवत् रुपमा सुरु पहिलो दिनको रथयात्रा राजधानी काठमाडौंमा रहेको घण्टाघर त्रिचन्द्र क्याम्पस परिसर बाट बाट प्राचीन नेपालमण्डलको व्यापारिक केन्द्र असन सम्म तानिँदै। भनिन्छ जात्रा संस्कृति आफैमा एउटा मानव सभ्यताको पहिचान हो। जसका कारण कुन समाज कतिको विकसित छ भन्ने कुरा जान्न मूलतः त्यस समाजको संस्कृति साहित्य र त्यस समाजको भाषिक विकासक्रमलाई समेत अध्ययन गर्नैपर्ने हुन्छ।
जुन कुराको अध्ययनले मानव विकासक्रमको ऐतिहासिकता संगै इतिहासको केन्द्रीय तहमा समेत जान मद्दत गर्दछ। जुन कुरा आजको समाजलाई भनी रहनुपर्ने जस्तो मलाई लाग्दैन। यी र यस्ता सांस्कृतिक पक्ष बोकेको एउटा जात्रा हो सेतो मच्छिन्द्रनाथ आर्यअवलोककितेश्वर जनबहा द्य:अर्थात वर्षा र सहकाल देवताको को जात्रा हो। यस जात्राको सुरुवात कसरी के गरी भयो भन्दा पनि यसको सुरुवात तत्कालीन लिच्छविकालका राजा गुणकामदेवको पालामा बस्ती विकास संगै सुरुवात भइसकेको र यसको श्री बृद्धिमा मल्लकालले थप भूमिका खेलेको इतिहासविद् एवं संस्कृतिविद् मदनराम कर्माचार्य बताउनुहुन्छ। यस जात्राको सम्बन्ध मूलतः राजधानी काठमाडौंमा गरिने कृषि पेशा संग मात्रै नभइकन जलस्रोत वातावरण संरक्षण लगायत जलवायु परिवर्तन लगायत विषय संग पनि सम्बन्ध भएको हुनाले यो जात्रा राजधानी काठमाडौंको विशेष जात्राको रुपमा समेत लिने गरिन्छ।
आजको जात्रा मूलतः राजधानी काठमाडौंमा अवस्थित घणटघर त्रिचन्द्र क्याम्पस परिसर बाट तानेर प्राचीन नेपालमण्डलको व्यापारिक केन्द्र असन सम्म तानेर लाने परम्परा छ। जसकाे दर्शन मात्र गरे पनि रोगव्याधि नास हुने बालिनालि सप्रिने वातावरणमा केही सुधार हुने विश्वास गरिन्छ।