जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेकी एकजना वडा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ मा एमालेको तर्फबाट वडा सदस्यको उम्मेदवार लालमुनी देबी ठाकुर निर्विरोध निर्वाचित भएकी हुन ।

स्थानीय तह निर्वाचनमा बारामा नेकपा एमालले निजगढबाट खाता खोलेको हो भने निर्विरोध निर्वाचित हुनेमा ठाकुर बारा जिल्लामै दोश्रोमा रहेकी छिन ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि ठाकुर निर्विरोध निर्वाचित भएकी थिईन् । अघिल्लो स्थानीय तहमा निर्वाचनमा पनि उनको एकल उम्मेदवारी परेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय