बारा । नेपालको संविधान २०७२ अनुसार देशको तेस्रो ठूलो सरकार उपमहानगरपालिकाको मेयर पद भनेको असध्यै ठुलो र महत्वपूर्ण पद हो । सो पदका लागि महिला त्यस माथि आदिवासी थारु समुदायकी चेली सरस्वती देवी चौधरीलाई त्यो जिम्मेवारीको लायक नेकपा एमालेले ठानेर टिकट दिएको छ ।

महिलाहरुका अधिकांश आन्दोलनका मागहरु मध्यको एउटा हो पुरुष सरहको अधिकार पाउनु पर्छ । मेयर वा उपमेयर मध्यको एउटा पद महिलाका लागि अनिवार्य कानुनी अधिकार हो । आदिवासी (थारु) आन्दोलनले समेत राज्य र राज्यका महत्वपूर्ण स्थानमा थारु समुदायको सहभागिताका सवाल जोडतोडका साथ उठाउँदै आएको छ ।

महिला त्यस माथी थारु समुदायका महिलालाई उपमहानगरपालिका जस्तो तेश्रो ठुलो सरकारको जिम्मेवारीका लागि अघि सारिएको संभवत यो पहिलो पटक हो । मधेस प्रदेशमै भने ठुला उपमहानगरको बागडोर सम्हाल्ने दौडमा चौधरी पहिलो महिला नै बनेकी छन् ।

शिक्षीत, निडर अनि अनुभवी आदिवासी महिला चौधरीलाई मेयर पदमा विजय गराउन महिला र थारु समुदायले राजनीति आग्रह पुर्वाग्रह भन्दा माथी उठेर सोच्ने यो सबैभन्दा ठूलो अवसर रहेको स्थानीय बताउछन् ।

यति ठुलो यो अवसर उनका लागि मात्रै प्राप्त भएको भने पक्कै होइन । यो त सिंगो महिला र आदिवासी थारु आन्दोलनको उपलब्धी पनि हो । यो अवसर जीतहारसँग जोडिएकाले महिला र थारु समुदायका लागि प्रतिष्ठाको बिषय नै हो । सँधै अरुको भोट बैंकका रुपमा प्रयोग हुने थारु समुदायले यस्ता अवसर विरलै पाउने कुरा हुन् ।

थारु समुदाय ईमान्दार अनी समाजप्रती बफादार रहने समुह हो । आफ्ना मुद्धा छाडेर अरुका लागि लालसलाम, जय मधेश र जय नेपाल गरेरै बर्षौं विताएका थारु अगुवाहरुले आफ्नै समुदायकी चेलीलाई यो अवसर दिन आवस्यक वातावरण निर्माण गर्नु पर्दछ । आज नेतृ चौधरीले अवसर पाईन भने त्यो जित सिंगो महिला र थारु समुदायको जीत सावित हुने र अरु महिलासँगै थारु समुदायका छोरी बुहारीहरुका लागि प्रेरणाको विषय पक्कै बन्ने छ ।

बागडोर जिम्मा लिने दौडमा रहेकी चौधरी प्रति अनेकन प्रहार भैरहेका छन् । सवाल उठिरहेका छन् । उठाईएका छन् । अझै उठ्न सक्छन् । त्यस कुराले खासै माने खाख्दैन । किनकी ती फगत चुनावी फण्डा मात्रै हुन् ।

उनले करिब ५ बर्ष पालिकामा उममेयरको जिम्मेवारी पुरा गरिरँदा कार्यकालको अन्तमा केही विषय बाहिर ल्याईए । उनि माथी अख्तीयारले पत्र काटेको, उनले जिम्मेवारी पाएको उपमहानगरपालिका कार्यसम्पादन मुल्याङ्कनका आधारमा कमजोर रहेकोे भन्ने आरोप लगाइएको छ ।

जुन हिसावले आरोपलाई चुनावी मसला बनाएर पुरै दोष उनीमाथी थोपर्ने प्रयास भैरहेका छन् । दोषी हुन् भनेपनि सिंगो उपमहानगरमा उनी मात्रै दोषी कसरी ? कार्यपालिकाको सबै भन्दा ठुलो हिस्सा ओगट्ने माओवादी र उनका नेताचैं ईमान्दार यो हुने कुरै होईन । करिब तीन बर्ष एमाले माओवादी एकिकरण सहित नेकपाले सो पालिकाको नेतृत्व ग¥यो ।

उमहानगर सपार्ने वा विगार्ने दुवै हैसियतमा भएको माओवादी शक्तीले भ्रष्टचार भएको भए सोको र कार्य सम्पादनमा कमजोर मुल्याङ्कन पाएको विषयको अपजस चैं लिनपर्दैन ? पक्कै लिन पर्दछ । किन भने एमालेबाट निर्वाचित मेयर डा.कृष्ण पौडेल र उपमेयर चौधरीलाई कामै गर्न नदिएर घेराबन्दी भएका थुप्रै घटना छन् । यी विषयमा पुनः चर्चा गर्दै गरौंला । तर दोष तत्कालिन उपमेयर चौधरी माथी मात्रै थुपारेर गरिएको चर्चाले माओवादीको जीतपुरसिमरापालिका टिमले उन्मुक्ती लिन खोज्ने कुरा समाजले पचाउन पक्कै सक्दैन ।

कमजोरी भएको भए उपमेयर चौधरीमाथी छानविन गरी कार्वाही हुन्थ्यो होला । त्यस्तो हो, भने उनले उमेदवार दिनै पाउनु हुँदैन थियो । दिएकै भए उमेदवार खारेज हुने थियो । त्यसो भएन भनेपछि उनिमाथी लगाइएको आरोप झुठो बन्ने बुझ्न जरुरी छ ।

प्रतिपक्षीले चौधरीलाई कमजोर सावित गर्न सकिन्छ की भनेर प्रायोजित रुपमा उनको चरित्र हत्या गर्न खोजेको स्थानिय बताउछन् । गठबन्धनका बाबजुद पनि एमालेभन्दा कमजोर छौं भनेर पुष्ठि गरेको प्रमाणका रुपमा गलत प्रचार गरेको स्थानीयको भनाई छ ।

उनीहरुका लागि मुद्धा भन्दा पनि उमेदवार चौधरी यतीबेला टाउको दुखाई भएकी छन् । प्रतिपक्षीका गतिविधिले के संकेत गर्दैछ भने एमाले उमेदवार चौधरी कमजोर महिला हुँदै होइनन् । बलियाहरु माथी नै प्रहार हुने हो । चौधरी यसमानेमा बलियो छिन् ।

खाएको विष पो लाग्छ । प्रतिपक्षी गठबन्धनको सामना गर्दै र मिथ्या आरोप चिर्दै चौधरी मतदाता भेटघाटमा ब्यस्त छिन् । उनी र उनको टिमले मतदाताको अपार साथ पाईरहेको छ । बरु अझ धेरै सहयोग उनलाई यती बेला महिला र विशेष गरी थारु समुदायको चाहिएको छ । जस्ले गर्दा उनलाई उपमहानगरको त्यो उच्च पदमा विराजमान गरी समाजको सेवागर्ने स्वार्णिम मौका दिइयोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय