स्थानीय तह सदस्य निर्वाचन – २०७९ नजिकिदै जादा यति खेर जीतपुरसिमरा उप महानगरपालिका १४ मा चुनावी माहोल बढेको छ। वडाको नेतृत्वको लागि नेकपा एमालेका चयन गुरुङ , लो. स. पा का जीवनाथ गौतम माओबादी केन्द्रका भरत भण्डारी र राप्रपाका दिपक दाहाल चुनावी मैदानमा छन्।
यद्यपी एमालेका चयन गुरुङलाई वडाबासीले भावी वडा अध्यक्ष भनेर सम्बोधन गर्न थालि सकेका छन्। अघिल्लो निर्वाचनमा विजयी भएको माओवादी केन्द्रले जन अपेक्षा बमोजिम काम गर्न नसक्दा यति खेर माओवादी कार्यकर्ता नै रुष्ट छन्। जनताको जनमतको उपेक्षा गर्दै सिमित ब्यक्तिहरुलाई फाइदा पुग्ने गरि योजना छनोट गरेको , योजनाहरु पारदर्शी नभएको , अन्य वडामा भन्दा कम बिकास भएको , शिक्षा , स्वास्थ्य जस्ता आधारभूत कुरा हरुमा ध्यान नपुराएको , बहु संख्यक जनता आबद्द भएको कृषि र पशुपालन पेशाको उत्थानका लागि कुनै ठोस कार्यक्रम नल्याएको भन्दै वडावासीले चरम असन्तुष्टि ब्यक्त गरेका छन्। यद्यपी माओवादी केन्द्रका समर्थक हरुले भने यसको बचाउ गरेका छन्।
अघिल्लो निर्वाचनमा नेकपा एमालेले हारेको थियो , यो निर्वाचन जित्छु भन्ने मा कत्तिको बिश्वस्त हुनुहुन्छ भन्ने हाम्रो प्रश्न मा बृद्द मतदातासँग मज्जाले गफीरहेका चयन गुरुङले भने , ” उहाहरुको आशिर्बाद , युवाहरुको जोश र नेकपा एमाले प्रतिको जनलहरले हामि बिजयी उन्मुख छौ। हामी चुनावी एजेन्डाको आधारमा र तथ्याङ्कमा टेकेर जनतासँग मत मागी रहेका छौ, उँहाहरुबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाईरहेकाले यो निर्वाचन जितेर जनताको सेवा गर्छु भन्नेमा बिश्वस्त छु। ” शिक्षा , स्वास्थ्य , युवा स्वरोजगार , समृद्द कृषक : समुन्नत कृषि पेशा अभियान , दिगो बिकास र भ्रष्टाचार मुक्त वडा निर्माणलाई एमालेले प्रतिबद्दता पत्रमा मुख्य प्राथमिकतामा राखेको छ।