मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ।

बुधबार मुगुबाट नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठविस नगरपालिका–२ सिस्नेस्थित कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका–९ का करिब ३२ वर्षीय प्रेम सुनार र ३६ वर्षीय काशीराम पाण्डे, कालिकोटको पलाँता गाउँपालिका–३ का ३५ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीय धनकला शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रहरीका अनुसार बसमा ६२ जना यात्रु थिए।तीमध्ये ३९ जना घाइते रहेको प्रहरीले जनाएको छ। घाइतेहरु सबैलाई राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद शाहले जानकारी दिए।

प्रहरीका अनुसार बस कर्णाली राजमार्गबाट ४० मिटर तल कर्णाली नदीको किनारमा खसेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय