नेकपा एमाले बारा क्षेत्र नम्बर १ क समन्वय समितिको शनिबार बसेको बैठकले प्रदेश सभा सदस्य निर्वाचनको लागि क्षेत्र नम्बर १ क बाट १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सभा सदस्य उम्मेदवारहरुको छनौट गर्न कोल्हबीको पर्सौनामा शनिबार भएको बैठकले प्रतक्ष्य र समानुपातिक निर्वाचनको लागि ८÷८ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले प्रतक्ष्यतर्फ एकबहादुर श्रेष्ठ, अम्बिका चौलगाई, रामकृष्ण घिमिरे, केवल चोधरी, ढुण्डिराज उप्रेती, त्रिलोकी चौधरी, शिवनारायण चौधरी र जनार्दन चौधरीको नाम सिफारिस गरेको हो भने समानुपातिकमा लिला खनाल लामिछाने, दिलबहादुर लामा, ज्ञानु केसी, पलट चौधरी, गोविन्द पौडेल, शर्मिला केसी, जनक चौधरी र सरिता सापकोटाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

क्षेत्रीय संयोजक रामजी बजगाईको अध्यक्षतामा भएको बैठकका एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बारा जिल्ला ईन्चार्ज बलवीर चौधरीलगायतका नेताहरुले आगामी मंसिर ४ गते हुने संघीय र संसदीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवाहरुलाई विजयी तुल्याउनुपर्ने कुरामा जोड दिएका थिए ।

त्यसैगरी संघीय संसदतर्फको उम्मेदवार छनौट गर्न आज कोल्हबीमा पार्टीको अर्को बैठक बस्ने भएको छ । बैठकले बारा क्षेत्र नम्बर १ को लागि पार्टीको तर्फबाट संघीय संसद सदस्यको उम्मेदवारको लागि १ महिलासहित २ पुरुषको नाम सिफारिस गर्ने बताइएको छ ।

बारा क्षेत्र नं. ४ (क) बाट प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेबाट मनोज पौडेल (चन्द्रलाल) सहित आठ जनाको नाम सिफारिस भएको छ । सिमरास्थित जिफन्ट कार्यालयमा शनिबार सप्पन्न भेलाले पौडेलसहित अमृतलाल श्रेष्ठ,कासिम हुसेन, देवी सापकोटा, रविन्द्र खकुरेल, अनिलकुमार साह, जयकिशोर राउत र भरत घलेको नाम सिफारिस गरेको हो ।

भेलामा सहभागी अधिकांश प्रतिनिधिले पौडेलको नाम सिफारिस गर्न सहमति दिएका थिए । पौडेलको नाममा अधिकांशले समर्थन जनाएपनी अन्य इच्छुक आकांक्षीको नाम समेत समेटेर सिफारिस गरिएको हो ।

जिल्ला कमिटीमा सिफारिस गरिएका मध्ये एमाले जिल्लासचिवालय पौडेललाई ञहेभिवेटझ उम्मेदवारको रुपमा हेरिएको छ । यसअघि पौडेलले स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर पदमा दावी प्रस्तुत गरेका थिए ।

मेयर पदमा टिकट नपाएपनि उपमहानगरपालिकाको निर्वाचन परिचालन कमिटीको संयोजक भएर सक्रियता देखाएका कारण पौडेललाई पछिल्लो समय प्रदेश सभा सदस्यको उम्मेदवारको रुपमा चर्चा गर्न थालिएको थियो ।

यसैगरी भेलाले समानुपातिकतर्फ दिनेश्वर ठाकुर, कमला घिमिरे, सुभद्रा न्यौपाने, भावना आचार्य, रमेश चौधरी, गितादेवी घले, कमलेश झा, ममता देवी पाल, आनन्द थामी, मन्जु थापामगरको नाम सिफारिस गरिएको छ । एमाले जिल्ला कमिटी उपसचिव अमृत शर्मा बजगाईको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

यसैगरी बारा क्षेत्र नं. ३(क) बाट प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरिएको छ । डुमरवाना सम्पन्न भेलाले राधेश्याम सिवाकोटी, रविनदास श्रेष्ठ, अशोक लामा, रेवन खातुनको नाम सिफारिस गरिएको हो । भेला जिल्ला उपसचिव भुलन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय