सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जीतपुरसिमरा नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट आरिफ हुसेन(भक्कु) नगर कमिटी अध्यक्षमा चयन भएका छन् ।

प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले बिरुवामा पानी हालेर कार्यक्रमको उदघाटन गरेका थिए । पौडेलले देश भरका युवाहरु युवा संघमा आबद्ध भई राष्ट्रप्रेमी पार्टी अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिले देखाएको सम्रिद्धीको बाटोमा हिडन युवाहरुलाई आह्वान गर्नुका साथै मङ्सिर ४ गते हुनगैरहेको संघ र प्रदेशको निर्वाचनमा आफ्ना उम्मेद्वारको रक्षा र प्रत्यक बुथको सुरक्षा गर्न निर्देशन दिए ।

रास्ट्रीय युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष सिता सुबेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा मधेश प्रदेश सदस्य एवम पूर्व जिल्ला अध्यक्ष देब नारायण चौधरी , प्रदेस सदस्य दिनेश्वर ठाकुर , चयन गुरुङ , जिल्ला कमिटी सचिबालय सदस्य मनोज पौडेल, नगर उपसचिब एवम अनेरास्ववियु केन्द्रीय सचिबालय सदस्य त्रीलोक शाह ठकुरी , रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय सदस्य जिल्ला इन्चार्ज तिलक घलान, स इन्चार्ज भावना आचार्य , जिल्ला अध्यक्ष राम यादब , निर्वाचित वडा अध्यक्ष धन ब श्रेष्ठ , सुनिल गुप्ता, सुबाश श्रेष्ठ , क्यामुदिन अन्सारी , मुस्तकिम अन्सारी लगायत उपस्थीत रहेका थिए ।

सुसिल पौडेलले सन्चालन, युवा नेता राजाकुमार थापाले स्वागत मन्तब्य राखेको कार्यक्रमको अध्यक्षता आरिफहुसेनले गरेका थिए ।
अधिबेशनले उपाध्यक्ष नारायण जमकट्टेल, सचिब आयुब खान, स सचिब द्वय अतिश श्रेष्ठ , सुनिल मैनाली , कोषाध्यक्षमा सरिता बैजु सदस्यहरुमा निरज आचार्य , जगन सिम्खडा, सन्तोष तिमल्सिना ,शान्ता भारती , अमृता बछार लगायत को ५५ सदस्यीय कमिटी चयन गरेको छ।

शनिबार नै युथ फोर्स जीतपुरसिमरा नगरकमिटी गठन भएकाे छ । श्याम न्याैपाने(डेनिस) को अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भयको हाे । उपाध्यक्षमा बिशाल चौलागाईं , सचिबमा राम जि गुप्ता , स सचिब अनिश खडका लगायत सर्ब सम्मतिले चयन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय