सिमरा, औराहा उपभोक्ता सहकारी संस्थाको १४ औँ अधिबेशन सहितको साधारण सभा शनिबार सम्पन्न भएको छ । आगामी ४ बर्से कार्यकालको लागि सभाले अध्यक्षमा पुन पूर्ण चन्द्र तिमल्सिना चयन गरेको छ। उपाध्यक्षमा मिरा ढकाल , सुमन प्रशाद सुबेदी , सचिब रेखु सापकोटा ,उप सचिब भरत प्रशाद अधिकारी , कोषाध्यक्ष उर्मिला भट्ट , सदस्यहरु हेम प्रशाद सिम्खडा, रोहिता अधिकारी , शिव चन्द्र चौधरी , नमुना खत्री , शर्मिला पुडासैनि , होमदेवी तिमल्सिना र बिमला पन्त सर्बसम्मत चयन भएका छन। साथै सभाले लेखा समिती सन्योजक सरोज प्रसाद दाहाल ,सदस्य सुशान्त शाह ठकुरी र प्रमोद लामिछाने चयन गरेका छन ।
साधारणसभाको मधेस प्रदेस सभा सदस्य मानानीय सुन्दर विश्वकर्माले उदघाटन गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जितपुरसिमरा वडा ४ को निर्वाचित अध्यक्ष भोज बहादुर खत्री(इश्वर) , घण्टीमाइ सकोसको उपाध्यक्ष थानेश्वर पौडेल ,औराहा पशुपालन तथा कृषि सहकारीको उपाध्यक्ष दिपक सिम्खडा , रास्ट्रीय सहकारी बैंक सिमराका प्रतिनिधि नरेश महरा लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष पूर्ण चन्द्र तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरासिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य अर्जुन विक, सशस्त्र प्रहरी बल औधोगिक सुरक्षा गुल्म औराहाको प्रहरी निरिक्षक देब प्रकाश यादब , अस्थायी प्रहरी पोस्ट औराहाका हावाल्दार घनश्याम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष दुर्गा पन्थीले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण सुमन प्रशाद सुबेदिले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय