सिमराः जीतपुरसिमरा २१ स्थित मनकामना बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । अमलेखगंजस्थित होटल क्विक ट्वेन्टीमा संस्थाको साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै मधेस प्रदेश सभा सदस्य सिता गुरुङले छोटो समयमै मनकामना सहकारीले शेयर सदस्यको बिश्वास जित्न सफल भएको बताईन् । स्थापनाको चार वर्षमै संस्थाले हासिल गरेको उलपब्धि महत्वपूर्ण रहेको भन्दै गुरुङले सदस्य केन्द्रीत कार्यक्रम र योजना ल्याउन सुझाव दिईन् ।
साधारण सभाको उदघाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले बारा सचिवालय सदस्य मनोज पौडेल, जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठ, सहकारीका सल्लाहकार तिलबहादुर कार्कीलगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा जीतपुरसिमरा २२ का वडाध्यक्ष शेखरकाजी रुम्बा, कार्यपालिका सदस्य सुकुमाया कुमारी, मनकामना सहकारीकी सल्लाहकार सिता केसी, जीतपुरसिमरा २१ बाट निर्वाचित वडासदस्य जमुना गौतम, बद्रीनारायण ढकाल, सिता विक, जीतपुरसिमरा २२ बाट निर्वाचित सदस्य सिताराम वाईवा, निशा विक, कान्छाराम स्याङबो, ठुलिमाया थिङ, अनमोल बचत तथा ऋण सहकारीका अध्यक्ष विनयकुमार साह, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगंजका अध्यक्ष राजकुमार साह, प्रध्यानाध्यापक दिनेशकुमार लामिछाने, पूर्वप्रध्यानाध्यापक प्रविण काफ्ले, चुरियामाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गोपाल घलान, अमलेखगंज स्वास्थ्य चौकीका उपाध्यक्ष जंगबहादुर तामाङलगायतको उपस्थिती रहेको थियो ।
संस्थाले साधारण सभाको अवसर पारेर जीतपुरसिमरा २१ र २२ मा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको थियो । कार्यक्रममा जेष्ठ सदस्य रामजीप्रसाद तिमिल्सिना, उत्कृष्ट बचतकर्ता उषा तामाङ, मासिक बचतकर्ता मेकबहादुर श्रेष्ठ, ऋण कारोवारकर्ता जानु परियार, उत्कृष्ट कर्मचारी करिना रुम्बालाई संस्थाले सम्मान गरेको थियो ।
सोही अवसरमा उत्कृष्ट अंक ल्याउदै कक्षा १२ मा उतिर्ण हुन सफल छात्रा सामना ठकुरी र एसइइमा उतिर्ण हुन सफल छात्रा कोमल साहलाई समेत सम्मान गरिएको थियो । यसैगरी संस्थाको शेयर सदस्य रही निधन भएकाको परिवारलाई संस्थाले सहयोगस्वरुप चेक हस्तान्तरण समेत गरेको थियो ।
संस्थाका अध्यक्ष सुवास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखा समिति संयोजक बिशाल साह कानुले आर्थिक, संचालक समितिको तर्फबाट सचिव दिनेशकुमार कानु र कोषाध्यक्ष मिठु मगरले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समिति संयोजक कानुको सहजीकरणमा सम्पन्न कार्यक्रममा संचालक समिति सदस्य सरस्वती तामाङले स्वागत मन्तब्य राखेकी थिईन् ।