सिमरा , जीतपुरसिमरा उपमहानगर वडा ४ औराहा स्थीत औराहा उपभोक्ता सहकारी संस्थाले शिव मन्दिर प्राङ्गडमा आउँदै गरेको दशैलाई लक्षित गरी अशोज ३ देखी १० गते सम्म पसल संचालन गरेको छ ।
आज एक समारोहका बिच संस्थाका अध्यक्ष पुर्ण चन्द्र तिमल्सिनाले सुपथ मुल्य पसलको उदघाटनको क्रममा आफ्ना वडा बासी सदस्यहरुलाई दशैमा सामान किन्न सहज होस , बढी मुल्य तिर्न नपरोस , चाडपर्बको समयमा हुने कालाबजारिबाट नठगिउन भन्ने रहेको बिचार ब्यक्त गर्नु भयो ।
संस्थाका उपाध्यक्ष द्वय सुमन सुबेदी , मिरा ढकाल , सचिब रेखु सापकोटा , स सचिब भरत प्रशाद अधिकारी लगायत संचालक , कर्मचारीहरु , वडाबासी रहेको संस्थाका सचिब सापकोटाले जानकारी दिनुभयो ।